सन्दीप लामिछानेको मुद्दामा भोलि उच्च अदालतमा सुनुवाइ हुँदै

महेश चाैलागाँई ६ पुष २०७९, बुधबार २१:०९

बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेकाे बिहीबार उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।

विगत केही महिनादेखि केन्द्रीय कारागार सुन्धाराकाे थुनामा रहेका लामिछानेकाे भाेलि सुनुवाइ हुन लागेकाे उनको तर्फबाट मुद्दा लडिरहेका अधिवक्ता सरोजकुष्ण घिमिरेले बताए।

सन्दीपको पक्षका वकीलबाट निर्दोष भएको कुनै प्रमाण नभेटेपछि उनलाई थुनामा राखी अनुसन्धान गर्न अदालतले आदेश जारी गरेको थियो।

अधिवक्ता घिमिरेले थुनामा रहेका सन्दीपको मुद्दाकाे अनुसन्धान भइरहेको बताएका छन्। ‘सन्दीपको केस अघि बढिरहेको छ र यही क्रममा भोलि बिहीबार उनको उपस्थितमा उच्च अदालतमा मुद्दाबारे सुनुवाइ हुँदैछ’, उनले बिएल नेपाली सेवासँग भने।

सुन्धारा कारगारमा रहेका सन्दीपले क्रिकेट अभ्यास गर्ने र त्यहाँ रहेका कैदीबन्दीहरुलाई समेत क्रिकेट खेल्न सिकाइरहेको घिमिरेले बताए।

उनी भन्छन्, ‘सन्दीपको मनोबल अहिले पनि उत्तिकै उच्च छ, उनी सकारात्मक छन्। आफूविरुद्ध लागेको आरोप सबै झुटो रहेका बताइरहेका छन्।’

पीडित बालिका अहिले माइती नेपालकाे संरक्षणमा छिन्। उनकाे पढाइको व्यवस्था माइती नेपालबाट भइरहेको छ।

सन्दीप दाेषी ठहर भएमा १० देखि १२ वर्षसम्म जेल सजाय कानुनी व्यवस्था छ।

गत भदौ २१ गते १७ वर्षीय नाबालिगलाई बलात्कार गरेको आरोपमा लामिछानेमाथि उजुरी परेको थियो। सन्दीपको फ्यान रहेको बताउने ती किशोरीले भदौ ५ गते सन्दीपले काठमाडौँको होटेलमा लगेर बलात्कार गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। साही उजुरीकाे आधारमा उनी गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

Next Post

२३ वर्षमुनिको बङ्गबन्धु भलिबल च्याम्पियनसिपमा नेपाल बङ्लादेशसँग पराजित

६ पुष २०७९, बुधबार २१:०९
२३ वर्षमुनिको बङ्गबन्धु एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा घरेलु टोली बङ्लादेशसँग पराजित भएको छ । बङ्लादेशको ढाकामा भएको खेलमा नेपाल घरेलु तथा आयोजक बङ्लादेशसँग ३–० को सोझो सेटमा पराजित भयो । नेपालले पहिलो सेट २४–२६, दोस्रो सेट २२–२५ र तेस्रो सेट २५–२१ ले गुमाउन पुग्यो । […]