जुम्लाको तिला गाउँपालिका वडा नम्बर २ लिहि गाउँका प्रेम दमाई ७ महिना भारत र ५ नेपाल गरि दिन बिताइरहनु भएकाे छ । खेतीपातीको सिजनमा भारत बाट घर फर्किने गर्नुभएको छ । तिलाका प्रेम दमाई हरेक वर्ष ७ महिना भारत र ५ महिना नेपालमा बिताउने गर्नुहुन्छ । उहाँ मंसिरमा हिउँदे खेती लगाएर भारतको उत्तराखण्ड राज्यको कर्णप्रयाग शहरमा जानुहुन्छ ।
त्यहाँ एउटा भारतीय नागरिककाे घरमा काम गर्ने गर्नुभएको छ । भने वैशाखको मध्यतिर केदारनाथ दर्शन सुरु भएपछि उतै पुग्ने गर्नुभएकाे छ। तीर्थयात्रीलाई गौरीकुण्डबाट बोकेर केदारनाथ पुर्याउने र फर्काउने काममा उहाँ याे समयमा व्यस्त हुनुहुन्छ।
कमाएको रकम र परिवारलाई किनिदिएको लुगाफाटो पोको पारेर असाेजमा घर फर्किने गर्नुहुन्छ । असार र साउनमा केदारनाथ मन्दिर क्षेत्रमा बर्खेर्झेरी हुने भएकाले दर्शनार्थीको संख्या धेरै हुने भएकाले त्याे समय दमाई उतै काममा ब्यस्त हुनुहुन्छ ।
उहाँ कहिले काँहि घरकाे खेतीपाती श्रीमती लाई छाडेर उता बाट कमाएको पैसा पठायर घर खर्च चलाउने गरि आफू एक्कासि दँशै तिहार मनाउने गरि आउने गर्नुभएकाे छ । करहिले हिउदकाे समयमा कमाई नभए पछि खेतीपाती गर्नकाे लागि घर आउने र सिजन संचालन हुने बित्तिकै कहिले केदारनाथ त कहिले बद्रीनाथ पुग्ने गर्नुभएको छ । केदारनाथ र बद्रिनाथ मन्दिरमा मान्छे बोक्ने सिजन चल्यो भने दसैंमा नभए तिहारमा चाड मान्ने खर्च बोकेर घर फर्किने उहाँको ११ वर्षदेखिको नियमित वार्षिक तालिका नै रहेकाे छ ।
एक /दुई वर्षयता भने उहाँको यो वार्षिक तालिका प्रभावित हुन थालेको छ । गत वर्ष असारमा घर आउँदा बर्खे खेती लगाउन मिल्ने गरी पानी परेकै थिएन । साउनको अन्तिमतिर पानी पर्यो । केदारनाथ पुगेर डोली बोक्ने मजदुरी गर्नुपर्ने भएकाले हतारमा कोदो रोपे अनि केदारनाथकाे यात्रा तयार गर्नुहुन्छ । केदारनाथमा पानी पर्न रोकिएकै रहेनछ । दिनहुँजसो पानी परिरह्यो । उहाँले काम पाउनुभएन् ।
‘पहिला असारमा मजाले पानी पर्थ्यो, दुई महिना खेतीपातीको काम गरेर केदारनाथ र बद्रिनाथ पुग्दा झरी थामिइसक्थ्यो । उहाँले भन्नुभयो, अचेल वर्षाले खुबै छक्याउन थालेको छ, खेती गर्ने बेला वर्षा हुँदैन, उता कमाउने बेलामा झरी पर्दिन्छ र कमाइ नहुने भएकाले कहिले रित्तो हात घर फर्कनु पर्ने हुन्छ ।
३८ वर्षीय दमाईले एक सिजनमा केदारनाथमा मान्छे बोकेर एक लाखसम्म भारु कमाउनु हुन्थ्याे । पानी परेको सिजनमा तीर्थयात्री न्यून हुने भएकाले ३०/४० हजार मात्रै कमाइ हुने र त्यो रकमले उतै खान बस्न पनि नपुग्ने गरेको उहाँले बताउनुभयाे ।