अचानक घरमा आगलागी हुदा लाखाैँकाे क्षेति : सहयाेग गर्न अनुराेध

के .बि अछुत २५ जेष्ठ २०८१, शुक्रबार २१:४१

जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ८ काे एक घरमा आगलागी हुदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । बिहिबार राति चन्दननाथ नगरपालिका ८ कराकाेटका स्थानीय प्रेम राेकायाकाे अचानक घरमा आगलागी भएको हो । बिहिबार राति १०:४५ बजे अचानक भएको आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको चन्दननाथ नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रूप बहादुर राेकायाले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा,पसलका सामान, भाँडावर्तन लगायतका अन्य सामग्री जलेर नष्ट भएको बताउनुभयो । अनुमानित १५/ २० लाख रुपियाँ बढीको क्षति भएको हुनसक्ने वडाध्यक्ष राेकायाकाे भनाइ छ । क्षतिको यकिन विवरण भने आइनसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, घरकाे भान्सामा बालेकाे आगाे राम्रो सँग ननिबाएकाे हुदा आगलागी भएकाे बताउनुभयो । वडाअध्यक्ष राेकायाका अनुसार नगरपालिकाकाे बिपद शाखाकाे बैठक बसि नगरपालिका, नेपाल रेटक्रस र वडा कार्यालयले राहात स्वरूप प्रदान गर्ने निर्णय भएकाे बताउनुभयो । घरमा लागेको आगो स्थानीय जुटेर नियन्त्रणमा लिने प्रयास गरे पनि हावाहुरिका कारणले नियन्त्रण गर्न असहज हुनुबा साथै घर अग्लाे र पानिकाे व्यवस्था नभएकाले नियन्त्रणमा समस्य भएकाे हुदा ठुलाे क्षेति भएकाे बताउनुभयो । नजिकै रहेका अन्य केही घर भने जोगाउनलाई स्थानीयहरू सफल भएका छन् ।

 

Next Post

जन्म दिनकाे अबसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री र फलफुल वितरण

२५ जेष्ठ २०८१, शुक्रबार २१:४१
चन्दननाथ नगरपालिका वडा नम्वर ९ का स्थानीय नेकपा माआेवादी केन्द्र चन्दननाथ नगरपालिका ईन्चाज महिला नेत्री समाजसेवी चन्द्रावती उपाध्यायले आफ्नो जन्म दिनकाे अबसरमा शैक्षिक सामाग्री तथा फलफुल वितरण गर्नुभएको छ । उपाध्यायले आफ्नाे जन्म दिनकाे अबसरमा जुम्लाको कर्णाली माध्यमिक बिद्यालय अनामनगर र मायाँसदन गरि ६८ जना बिद्यार्थी लाई शैशिक सामाग्री वितरण […]