चन्दननाथ नगरपालिका वडा नम्वर ९ का स्थानीय नेकपा माआेवादी केन्द्र चन्दननाथ नगरपालिका ईन्चाज महिला नेत्री समाजसेवी चन्द्रावती उपाध्यायले आफ्नो जन्म दिनकाे अबसरमा शैक्षिक सामाग्री तथा फलफुल वितरण गर्नुभएको छ । उपाध्यायले आफ्नाे जन्म दिनकाे अबसरमा जुम्लाको कर्णाली माध्यमिक बिद्यालय अनामनगर र मायाँसदन गरि ६८ जना बिद्यार्थी लाई शैशिक सामाग्री वितरण गर्नुभएको हाे । कर्णाली माध्यमिक बिद्यालय अनामनगरका ३२ जना र मायाँसदनका ३८ जना गरि ६८ जना बिद्यालयका बालबालिका लाई कापी,कलम फलफुल लगाएतका) सामाग्री वितरण गरिएकाे छ। बिद्यालय स्तरमा रहेका विद्यार्थीको उज्ज्वल भविष्यमा टेवा पुग्ने उदेश्यले आफ्नो जन्म दिनको अबसरमा शैक्षिक सामाग्री वितरण गरेको समाजसेवी नेत्री उपाध्यायले बताउनुभयाे । उहाँका अनुसार मेराे जन्म दिकाे अबसरमा बिद्यालयका बिद्यार्थीलाई सानाे सहयाेगले भविष्य उज्ज्वल गर्ने बाटाे सृजना हुने बताउनुभयो । यस्तै कर्णाली माध्यमिक बिद्यालय अनामनगरका प्रधानाध्यापक मिनराज शर्माले आफ्नो जन्म दिनकाे अबसरमा बिद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गरेकाेमा जन्म दिनकाे शुभकामना दिदै धन्यवाद दिनुभयो । उपाध्याय अहिले चन्दननाथ नगरपालिका ९ जुम्ला व्यवसायी संचालक र सामाजिक कार्यमा सक्रिय रहनु भएको छ ।
Next Post

जुम्लाको रैथाने परिकारलाई विश्वभर चिनाउनु पर्छ : सेप शाह
२६ जेष्ठ २०८१, शनिबार १०:०१
मास्टर सेफ सन्तोष साहले जुम्लाको रैथाने खानालाई बिश्वभर चिनाउनु पर्ने बताए । नेपालको खानालाई पहिचान संग जोडेर प्रचार प्रसार गर्दै आएका साहले जुम्लाको खानालाई संसार भर चिनाउन आबश्यक रहेको बताउनुभयाे।मास्टर सेफ सन्तोष साह सहतिको टिम नेपाली फुडको टिम यतिवेला जुम्ला पुगेको छ । चर्चित सेफ सन्तोष साह । खाद्य गुणस्तर […]
सम्बन्धित समाचार
-
१३ कार्तिक २०७७, बिहीबार २१:२९
प्रचण्ड-नेपाल पक्षद्वारा ओलीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी!
-
१२ चैत्र २०७८, शनिबार १७:३७
नेपाल र चीनबीच द्विपक्षीय वार्ता सुरु
-
२० श्रावण २०८१, आईतवार १९:३९
जुम्ला कारागारमा एक कैदीको मृत्यु
-
६ जेष्ठ २०७८, बिहीबार १८:०८
राष्ट्रियसभा उपनिर्वाचनमा १हजार भन्दा बढी मतले बादललाई पछि पार्दै खिमलाल विजयी
-
२६ पुष २०७९, मंगलवार १९:५५
विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले भने- प्रतिबद्धता भुल्दिनँ
-
२९ कार्तिक २०७९, मंगलवार २०:०५
नेपाली काँग्रेस जुम्लाले गर्याे ७ जनालाई कारबाहीको सिफारिस


