चाैथाे जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० को उपाधि जुम्लाकै दलबहादुर कुुँवर र मञ्जु रावतले जितेका छन् । ४९ किलोमिटर दुरीकाे जुम्ला-रारा म्याराथन दौडकाे उपाधी पुरुष तर्फ दलबहादुर र महिला तर्फ मन्जुले जित्नु भएकाे हाे । कुवंरले ४ घण्टा ५४ मिनेट १० सेकेण्डमा ४९ किमि दुरि पार गरी प्रथम भएका हुन् । तेस्राे जुम्ला-रारा म्याराथनमा डेब्यु गरेका दल बहादुर कुँवर भने द्दितिय भएका थिए ।
त्यस्तै,४ घण्टा ५७ मिनेट ५७ सेकेण्डमा उक्त दुरी पार गरी जुम्लाकै धीर बुढा द्वितीय र ५ घण्टा ८ मिनेट ४१ सेकेण्डमा तोकिएको ४९ किमी दुरी पार गरी शेर बहादुर बुुढा तृतीय भएका छन् ।
यसैबिच ५ घण्टा २६ मिनेट ५५ सेकेण्डमा सो दुरी पार गरेर लाल चन्द्र रावल चौथो,५ घण्टा ३३ मिनेट ८ सेकेन्डमा सो दुरी पार गरेर सोव बहादुर रावतले पाचौ स्थान प्राप्त गरेका छन् ।
महिला तर्फ मञ्जुु प्रथम
चाैथाे अल्ट्रा म्याराथनकाे महिला तर्फकाे उपाधी जुम्लाकै मञ्जु रावतले उचालेकी छन् । निर्धारित दुरी ६ घण्टा ६ मिनेट २३ सेकेण्डमा पार गर्दै मञ्जुले महिला तर्फकाे प्रथम उपाधि उचालेकि हुन् ।
भने, ६ घण्टा ५४ मिनेट २७ सेकेण्डमा दुरि पार गरेकि गंगा भण्डारी द्वितीय र ७ घण्टा ५ मिनेट ४६सेकेण्डमा पार गरी अनिता बुढा तृतीय भएका छन् । ७ घण्टा ५५ मिनेट ३९ सेकेन्डममा सो दुरी पार गदै उमाकली बुढा चौथौ र ७ घण्टा ५९ सेकेन्ड १५ मिनेटको दुरी पार गदै कुुसाबुुढा रोकायाले पाचौ स्थान प्राप्त गरिन् । प्रतियोगीताको उपाधि जित्ने पुुरुष, महिला सबै जुम्लाका हुन् ।
४९ किमि जुम्ला-रारा अल्ट्रा म्याराथनमा महिला पुरुष दुबै तर्फका प्रथम द्दित्तिय तृत्तिय हुने खेलाडीले क्रमशः नगद १ लाख , ७५ हजार ५० र चौथौ र पाँचौ हुने खेलाडीले २०/२० हजार नगद सहित प्रमाणपत्र प्राप्त र मेडल प्राप्त गर्ने छन् ।
म्याराथन प्रतियोगितामा भाग लिएका खेलाडीहरुले समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाईमा दौडेका थिए । पुुरुस्कार मंगलबार बिहान रारातालको किनारमा ओैपचारिक कार्यक्रम गरि प्रदान गरिदै छ ।
म्याराथनमा ४९ किलोमिटरमा ७० जनाले नाम दर्ता गराईपनि ५१ जना मात्रै दाैडमा सहभागी थिए । प्रतियाेगितामा ५ किमि तर्फ १०७ र १ किमि दाैडमा ८७ जना गरि जम्मा साढे दुई जना खेलाडी दाैडमा सहभागी थिए । म्याराथुनमा अमेरीकाका २ ,भारतका १ आयरल्याण्ड १ र बेलायतका १ जना खेलाडीले भाग लिएका कर्णाली खेलकुद क्लब जुुम्लाले जनाएको छ
यस प्रतियोगिताले कर्णालीको पर्यटन प्रवद्र्धनका साथै पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा टेवा पुुग्ने उदेश्य सहित हरेक बर्ष कर्णाली खेलकुद क्बलले म्याराथनकाे आयाेजना गर्दै आएकाे छ ।