चन्दननाथ नगरपालिकामा बालबालिकाका अधिकार बालबालिका प्रति गरिने व्यावाहार परिवर्तन गर्नकाे लागि नगरपालिका स्तरीय बाल भेला कार्यक्रम सम्पन्न भएको छ ।
चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखा जुम्लाको आयोजना, वल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल र सेसाेक नेपालकाे बिहानि परियाेजना जुम्लाको समन्वयमा उक्त कार्यक्रम जुम्ला चन्दननाथ नगरपालिकाकाे हाेटेल स्टारमा सम्पन्न भएको हो ।
बाल संक्षण परियोजना अन्तरगत स्थानीय सरकारको योजना निर्माणमा बालबालिकाको सहभागीता गराइ उनीहरुको माग सम्बोधन गरिनुपर्ने भन्दै उक्त कार्यक्रमको आयोजना गरिएको गरिएको चन्दननाथ नगरापलिका महिला तथा बालबालिका शाखाका पुष्पा थापाले बताउनुभयो । उहाँका अनुसार बालबालिकामा लगानीकाे थालनी गर्न गरेकाे बाल भेलाले महत्त्वपूर्ण काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, याे बाल भेला बाट निस्केका माग लाई आगामी दिनकाे नगरपालिकाकाे कार्यपालिका बैठकमा समाबेश गरिने बताउनुभयाे ।
यस्तै किर्डाक नेपाल जुम्लाका सामाजिक परिचालक रामशंकर दवाडीले कार्यक्रममा बिषय बस्तुको बारेमा जानकारी गराउदै योजना निर्माण गर्दा बालबालिकालाइ अनिबार्य सहभागीता गराउनुपर्ने प्रावधान रहेकाले स्थानीय सरकारले उक्त कुरामा ध्यान दिदै यस्ता योजनन निर्माण गर्दा बालबालिकाको सहभागीता अनिबार्य गर्नुपर्ने र माग सम्बोधन गर्नु पर्ने बताउनुभयो । उहाँका अनुसार बाल भेला बाट आर्थिक वर्ष २०८१/८२ मा वडा तथा नगरपालिका र किर्डाक नेपाल, बिभिन्न सरोकारवाला निकाया सँग समन्वय गरि निणर्य पेश गर्ने बताउनुभयो ।
सेसाेक नेपाल जुम्लाको बिहानी परियाेजनाका सामाजिक परिचालक पुजा राेकायाले बालबालिकाकाे क्षेत्रमा भए गरेका कामहरूकाे बारेमा सेसाेकले पनि समन्वय गर्न पाउँदा खुसि लागेकाे बताउनुभयो । उहाँका अनुसार समाजमा हुने गरेका बाल बिवाहा, छाउपडी प्रथा, बाल हिंसा, बाल याैन दुर्ववहार जस्ता नराम्रा गतिविधि लाई निर्मुल पार्न याे भेलाले मदत गर्ने बताउनुभयो ।
यस्तै चन्दननाथ नगरपालिका जुम्लाका नगर बाल संजालका अध्यक्ष गाेकर्ण सुनारका अनुसार बालबालिकाकाे क्षेत्रमा अझै भनृ जस्ताे बजेट बिजियाेजन नभएको बताउनुभयो । उहाँका अनुसार चरा लाई चाराे छरे जस्ताे गरि बालबालिका लाई बजेट नछर्नु पर्ने धारणा राख्नु भयाे ।
सरोकमरवाला सँग बिद्यालयमा शैक्षिक सामाग्री उपलब्धताका लागि पहल गर्नुपर्ने, बाल विवाह छाउपडी तथा धुम्रपान रोकथामका लागि बिभिन्न अभियान, क्रियाकलाप तथा बनेका कानुनको प्रभावकारी कार्यन्वन गर्ने जस्ता कुरा बाल भेलामा उठेका छन् । यस्तै बालबालिकालाई बाल अधिकार तथा बाल संरक्षण सम्बनधी बिभिन्न क्रियाकलाप गर्नुपर्ने, बालबालिका प्रोफाईल आचार संहिता निर्माण कार्यन्वयन र महिला तथा बाल हिंसा बिरुद्ध सचेतनामुलक कार्यक्रम संचालन गरिनुपर्ने, बालमैत्री संरचना निर्माणमा जनप्रतिनिधि तथा कर्मचारीहरलाई अभिमुखिकरण गर्नुपर्ने, जातिय बिभेद सम्बन्धी जनचेतनामुलक कार्यक्रमका लागि सामाग्री उपलब्धता गराईनुपर्ने र बिद्यालयमा बालमैत्री धारा तथा शौचालय बनाईनु पर्ने कुरा बाल भेलामा निस्केका छन् ।
बाल भेला बाट उठेका सबै कुराहरु आर्थिक वर्ष २०८१/८२ को निति तथा कार्यक्रममा समाबेश गरि कार्यन्वयन गरिनु पर्ने माग गरेका छन् । बाल भेला बाट आएका योजनाहरुको माग लाई आर्थिक वर्ष २०८१/८२ मा कार्यपालिकामा पेश गर्नुपर्ने बालबालिकाले माग गरेका छन् ।