जुम्लाको चन्दननाथ माध्यामिक विद्यालय उत्कृष्ट

के .बि अछुत २९ जेष्ठ २०८१, मंगलवार १२:४१

जुम्ला – जुम्लाको चन्दननाथ माध्यामिक विद्यालय शिक्षा क्षेत्रमा उत्कृष्ट भएको छ । कर्णाली प्रदेशको उत्कृष्ट विद्यालयको सूचीमा चन्दननाथ माध्यमिक विद्यालय परेको हो । चन्दननाथ माध्यामिक विद्यालयलाई नेपाल प्रधानाध्यापक संघ राष्ट्रिय सम्मेलनले उत्कृष्ट विद्यालयको रुपमा सम्मानित गरेको हो ।
उत्कृष्ट विद्यालयको अवार्ड चन्दननाथ नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक महतले ग्रहण गरेका छन् । अवार्ड ग्रहण पछि उनले निरन्तरताको प्रतिफल मिलेको बताए । काठमाडौंको राजकुमारी होटेलमा नेपाल प्रधानाध्यापक संघ राष्ट्रिय सम्मेलन २०८१ सम्पन्न भएको थियो । सम्मेलनमा देशभरका विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

देश भरका ७ प्रदेशका केही विद्यालय, पालिका र प्रधानाध्यापकलाई उक्त सम्मेलनबाट सम्मान गरिएको थियो । जसमा ७ वटै प्रदेशका एक उत्कृष्ट पालिका, एक उत्कृष्ट विद्यालय र एक उत्कृष्ट प्रधानाध्यापकलाई सम्मेलनबाट सम्मानित गरेको हो ।

कर्णाली प्रदेशमा सम्मानित हुने उत्कृष्ट पालिका चौरजहारी नगरपालिका रुकुम पश्चिम भएको छ । उत्कृष्ट प्रधानाध्यापक जन नमूना माध्यमिक विद्यालय बिरेन्द्रनगर सुर्खेतका याम बहादुर श्रेष्ठ, सम्मानित भएका हुन् ।

Next Post

बरिस्ठ पत्रकार मनऋषि धितालका जनयूद्धकालिनका डायरी पुस्तकको जुम्लामा सम्वाद

२९ जेष्ठ २०८१, मंगलवार १२:४१
जुम्ला निवासी बरिष्ठ पत्रकार मनऋषि धितालका जनयूद्धकालिन पुस्तकको सम्वाद गरिएको छ । काठमाण्डौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमोचिन गर्नु भएको पुस्तकहरु गुफा प्रेसका चिठी, जेलयात्रा, गण्डकयात्रा, पिलियात्रा, राजमार्ग यात्रा, वेनियात्रा र आधार यात्रा पुस्तकको सम्वाद गरिएको हो । लेखक धितालको गृह जिल्ला जुम्ला पत्रकार महासंघको हलमा गरिएको सम्वाद कार्यक्रममा स्थानीय […]