जुम्लामा पहिरोमा पुरिएर सातजनाको मृत्यु दुईजना बेपत्ता

महेश चाैलागाँई २२ आश्विन २०७९, शनिबार १६:२०

जुम्लामा पहिरोमा परी सातजनाको मृत्यु भएको छ। पहिरोका कारण कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्कँदा सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेशकी २२ वर्षीया श्रीमती पानसरा शाही, रमेशका ८ वर्षीय छोरा अनमल शाही र छोरी मिलन शाही तथा छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीय विद्या शाहीको मृत्यु भएको हो।

मृतकको शव निकालिएको छ। सो घटनामा स्थानीय सरस्वती हमाल गम्भिर घाइते भएकी छिन् भने रामबहादुर हमाल सामान्य घाइते भएका छन्। घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ल्याउन लागिएको प्रहरीले जनाएको छ।

बाढिले आमा छोरो बेपत्ता
जिल्ला प्रहरी कार्यालयका अनुसार भारी वर्षापछिको बाढीमा परी हिमा गाउँपालिकामा आमा–छोरा बगेर बेपत्ता भएका छन्। हिमा–३ जोगिवाडामा बाढी आउँदा स्थानीय २५ वर्षीय सत्यदेवी योगी र उनका तीन वर्षीय छोरा विनम योगी बगेर बेपत्ता भएका हुन्। उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

Next Post

रुपन्देही १ बाट स्वतन्‍त्र उम्मेदवारी दिने घनश्याम भूसालको तयारी

२२ आश्विन २०७९, शनिबार १६:२०
नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । २०७४ सालमा भुसाललाई एमालेले रुपन्देही-३बाट उम्मेदवार बनाएको थियो । यसपटक भूसालको नाम रुपन्देही १ र रुपन्देही ३ बाट सिफारिस भएको थियो । जिल्ला कमिटीले रुपन्देही १ बाट नाम सिफारिस गरेपनि प्रदेश कमिटीले छाविलाल विश्वकर्माको नाम मात्रै […]