रुपन्देही १ बाट स्वतन्‍त्र उम्मेदवारी दिने घनश्याम भूसालको तयारी

हिमशिखर संवाददाता २२ आश्विन २०७९, शनिबार १८:५५

नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

२०७४ सालमा भुसाललाई एमालेले रुपन्देही-३बाट उम्मेदवार बनाएको थियो । यसपटक भूसालको नाम रुपन्देही १ र रुपन्देही ३ बाट सिफारिस भएको थियो । जिल्ला कमिटीले रुपन्देही १ बाट नाम सिफारिस गरेपनि प्रदेश कमिटीले छाविलाल विश्वकर्माको नाम मात्रै सिफारिस गरेको थियो ।

भुसालको नाम रुपन्देही-३ बाट केन्द्रबाट सिफारिस भएर आएपनि उक्त क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने निर्णय गरेपछि एमालेले उक्त क्षेत्र दीपक बोहोरालाई छाडिदिएको छ ।
सत्तारुढ गठबन्धनमा रुपन्देही १ नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।

स्रोतका अनुसार नेकपा माओवादी केन्द्र भूसाललाई सघाउनेका लागि सकारात्मक रहेको छ । शनिबार बेलुकीसम्ममा भूसालले उम्मेदवारीको औपचारिक घोषणा गर्ने तयारी रहेको उनी निकट स्रोतले जनाएको छ ।

Next Post

कालीकोटको तिलागुफामा पहिरोले घर बगाउँदा पाँच जना बेपत्ता

२२ आश्विन २०७९, शनिबार १८:५५
कालीकाेट – कालीकोटको तिलागुफा नगरपालिका वडा नं. ७ मा एउटा घर पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन् । स्थानीय ध्रुवराज विष्टको घर पहिरोले बगाउँदा उहाँको परिवारका पाँच जना सम्पर्कविहीन भएका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जानकारी दिए । आज बिहान पहिरोले घर बगाएको सूचना आउनेबित्तिकै घटनास्थलमा प्रहरी परिचालन गरिएको शर्माले […]