दुई सातापछि तराईको मौसममा आंशिक सुधार

हिमशिखर संवाददाता २६ पुष २०७९, मंगलवार ०७:०७

तराईको मौसममा केही सुधार आएको छ। दुई सातादेखिको शीतलहर क्रमशः कम हुँदै गएको छ भने धेरैजसो क्षेत्रमा दिउँसोपख हल्का घाम लाग्न थालेको छ। यद्यापि, साँझबिहान भने हुस्सु र कुहिरो कायमै छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ।

राति उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आकलन गरिएको छ।

 

 

Next Post

पाँच वर्षमा आर्थिक वृद्धिदर दाेहाेर अंकको नजिक पुर्‍याउनेछु : प्रधानमन्त्री प्रचण्ड

२६ पुष २०७९, मंगलवार ०७:०७
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिक पुर्याउने प्रतिबद्धता जनाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले लक्ष्यअनुसार राजश्व नउठ्दा आर्थिक अवस्था कमजोर रहे पनि पाँच वर्षभित्र आर्थिक वृद्धिदर दाेहाेराे अंकको नजिक पुर्याउने बताएका छन्। यसमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ। वैदेशिक […]