१५ औ हर्टिकल्चर सम्मेलन काठमाडौमा सुरु

हिमशिखर संवाददाता १० मंसिर २०८१, सोमबार २१:२६

१५ औ राष्ट्रिय हर्टिकल्चर सम्मेलन काठमाडौमा सुरु भएको छ । नेपाल हर्टीकल्चर सोसाइटी र रास्ट्रीय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनको उद्घघाटन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमै गुणस्तरीय बीउ उत्पादन गरि वितरणलाई प्रभावकारी बनाउन सबै निकायहरुको भुमिका महत्वपूर्ण हुने वताए । सबै कृषिजन्य बालीहरुको उत्पादनको आधारभुत स्रोत बिउनै भएकाले गुणस्तरीय बीउ उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिए ।

आलु तथा मसालाबाली क्षेत्रको विकासको लागी सरकारी तथा गैरसरकारी निकायहरुका साथै निजी क्षेत्रको भुमिका पनि उत्तिकै महत्वपुर्ण रहेको मन्त्री अधिकारीले उल्लेख गर्दै । नेपालका रैथाने बीउ बिजनको संरक्षण अपरिहार्य रहेकोमा जोड दिदै मन्त्री अधिकारीले मन्त्रालयबाट हालसालै बीउ विजन नियमावली संसोधन गर्ने कार्य सम्पन्न गरिएको जानकारी दिनुए। पछिल्लो समय सरकारी स्तरका बीउ उत्पादन गर्ने फार्महरुको जग्गा अतिक्रमण भएको उल्लेख गर्दै मन्त्री अधिकारीले विदेशी बिउको बढ्दो आयात रोक्न मन्त्रालय निजी क्षेत्रको सहकार्यमा रणनितिक हिसाबले अगाडि बढेको पनि उल्लेख गरे ।

दुई दिन सम्म चल्ने सम्मेलनमा सम्बन्धित सरकारी संस्थाहरु,बिज्ञ , तरकारी बिउ उत्पादकहरु र कृषकहरुको सहभागीता रहेको छ । सम्मेलनमा आलु, मसलावाली तथा तरकारीको बीउ उत्पादन, जातीय विकास, बजारीकरण, मुल्य श्रृङ्खला, जलबायु परिवर्तन, जैविक विविधता, बीउ सम्बन्धी कानुनहरुका बारेमा छलफल हुने बताईएको छ ।

Next Post

प्रतिष्ठान का कर्मचारी र शिक्षाकाे स्तरवृद्धि प्रक्रियामा ठोस कदम चालेको र कानुन अनुसार हुने

१० मंसिर २०८१, सोमबार २१:२६
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी तथा शिक्षकहरूको स्तरवृद्धि प्रक्रियामा ठोस कदम चालेको र कानुन अनुसार हुने बताइएको छ। प्रतिष्ठानका ५८ जना शिक्षक-कर्मचारीहरूलाई स्तरवृद्धि गर्न उच्च अदालत सुर्खेत, जुम्ला इजलासको आदेश र लोक सेवाको राय परामर्श अनुसार काम अघि बढाइएको प्रतिष्ठानले बताएको छ। १७ जना श्रेणीविहीन कर्मचारीहरूको स्वत: स्तरवृद्धि ०८१ मंसिर […]

सम्बन्धित समाचार

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।