जुम्ला बहुमुखी क्याम्पस जुम्लामा स्नातकोत्तर तह दाेस्राे बर्षका बिद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयले लिने परीक्षा बहिस्कार गर्ने चेतावनी दिएका छन ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले बार्षिक परीक्षा प्रणाली अन्तरगत सञ्चालन हुने परीक्षाकाे केन्द्र सुर्खेत राखेपछि जुम्ला बहुमुखी क्याम्पसबाट स्नातकोत्तर तह दाेस्राे बर्षकाे परीक्षा दिने विद्यार्थीहरूले परीक्षा बहिष्कार गर्ने घाेषणा गरेका हुन ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनिहरूले जुम्लामा परीक्षा केन्द्र कायम नगरेमा परिक्षामा सामेल नहुने कडा आन्दोलनका कर्यक्रम गर्ने चेतावनि दिएका छन । जुम्ला बहुमुखि क्याम्पसबाट परीक्षा फर्म भरेका स्नातकोत्तर तह दाेस्राे बर्षका १२ जना आमंशिक विद्यार्थी हरूकाे संयुक्त हस्ताक्षरित विज्ञप्ति जारी गर्दै उनिहरूले परीक्षा बहिस्कार गर्ने घाेषणा गरेकाछन ।
प्रेस विज्ञप्ति बुझ्दै जुम्ला बहुमुखी क्याम्पसका प्रमुख डा . ओम प्रकाशआचार्यले आफुहरूले अथक प्रयास गर्दा गर्दै पनि वर्तमान अवस्थामा परीक्षा केन्द्र जुम्ला हुन नसकेकाे जानकारी गराएकाछन ।
विद्यार्थीहरूले प्रेस विज्ञप्ति जिल्ला प्रसासन कार्यलय जुम्ला र जुम्ला बहुमुखी क्याम्प जुम्लामा बुझाएका छन ।