सामाजिक सञ्जाल खोल्ने निर्णय भइसकेको छ: सञ्चार मन्त्री गुरूङ

हिमशिखर संवाददाता २३ भाद्र २०८२, सोमबार २२:१७

सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले  जेन-जीको मागअनुसार सामाजिक सञ्जाल छिट्टै खुल्नेछ जानकारी दिए

उनले भने, “सरकारले जेनजीको मागलाई सम्बोधन गरी सामाजिक सञ्जाल खोल्ने निर्णय भइसकेको छ।”

गत बिहीबार रातिदेखि फेसबुक, एक्सलगायत दुई दर्जनभन्दा बढी सामाजिक सञ्जाल बन्द गरिएको थियो।

Next Post

आजको घटनाको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ: गगन थापा

२३ भाद्र २०८२, सोमबार २२:१७
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवा पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण राजनीतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्। थापाले भने, “सरकारको असंवेदनशीलता कारण अनावश्यक युवा ज्यान गुमाउनु परेको हृदयविदारक घटना हो। आन्दोलन नियन्त्रणको नाममा गरिएको दमन अक्षम्य छ।” उनले भ्रष्टाचार र सुशासनविरुद्धका मागहरूलाई आम सरोकारको […]