जुम्ला र दाङ घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन

महेश चाैलागाँई २० असार २०८०, बुधबार १६:१६

जुम्ला र दाङमा भएका जातीय विभेदका घटनाविरूद्ध काठमाडौंमा प्रदर्शन भएको छ।बुधबार समाजवादी दलित मुक्ति संगठन नेपालले जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घर जलाइएको, दाङमा डेरा बाट निकालिएकोलगायत देशैभरि भएका जातीय विभेदका विरूद्ध माइतिघरमा खबरदारी कार्यक्रम गरेको हो।

आइतबार बिहान जुम्लाको तातोपानी गाउँपालिका-४ गिदीखोलास्थित भरत नेपालीको घरमा आगजनी भएको थियो। उक्त घरमा आगजनी गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय हिक्मत गिरीलाई पक्राउ गरेको छ।

उनलाई आइतबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हद कार्कीले जानकारी दिए। हिक्मतमाथि आगजनी कसूरमा अनुसन्धान भइरहेको छ।
घरमा आगजनी हुनुको कारण भरतका कान्छा भाइ मुकुन्दले गरेको अन्तर्जातीय विवाह हो।

भरतका अनुसार २२ वर्षीय मुकुन्द नेपालगन्जमा अध्ययन गरिरहेका थिए। तर केही महिनादेखि उनी गाउँमै थिए। त्यसैबीच उनले हिक्मतकी अन्दाजी १४ वर्षीया बहिनीलाई असार ११ गते भगाएका थिए।

यस्तै दाङमा दलित भएकै कारण घरबेटीले अछामका महेन्द्र बिकलाई घरबाट निकालेको घटना सार्वजनिक भएको थियो।

Next Post

नेपालगन्जमा कारागारको शौचालयमा झुण्डिएर कैदीले गरे आत्महत्या

२० असार २०८०, बुधबार १६:१६
बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन्। जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिएका छन्। मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए। घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले […]