नेपालगन्जमा कारागारको शौचालयमा झुण्डिएर कैदीले गरे आत्महत्या

के .बि अछुत २१ असार २०८०, बिहीबार १०:३६

बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन्।

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिएका छन्। मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए।

घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअधि आर्चायले बताएका छन ।

Next Post

घुस लिएको अभियोगमा वडाध्यक्ष र वडा सचिवविरुद्ध मुद्दा दायर

२१ असार २०८०, बिहीबार १०:३६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। सडक निर्माणकार्य सम्पन्न सिफारिश गरिदिएबापत सेवाग्राहीसँग रु ७० हजार घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले उनीहरुलाई पक्राउ गरेको थियो। आयोगले उनीहरुविरुद्ध बिगो बमोजिमको कारवाहीको […]

सम्बन्धित समाचार