काठमाडौ उपत्यकामा चल्याे अचानक भयानक हावाहुरी

हिमशिखर संवाददाता २ बैशाख २०७८, बिहीबार २१:५१

काठमाडौँमा अचानक हावाहुरी चलेको छ। हावाहुरीले घरका झ्याल, ढोका र टिनले छाएका छानाहरुमा क्षति पुर्‍याएको छ। सर्वसाधारण त्रसित बनेका छन्।

बिहीबार राति ९ बजेदेखि चट्याङ सहित भयानक हावाहुरी आएको हाे।

हुरीले काठमाडौंको अधिकांश स्थानमा बिजुली गएको बताईएको छ।

अत्याधिक पश्चिमी वायु प्रभावको कारण अचानक हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै महाशाखाले सबैलाई सर्तक रहन पनि आग्रह गरेको छ।

Next Post

कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादी प्रदेश संसदीय दलकाे अपिल

२ बैशाख २०७८, बिहीबार २१:५१
सरकार गठनका लागि २० जना सांसद आवश्यक पर्छ। नेकपा एमालेमा २० जना सांसद छन् भने माओवादी केन्द्रमा १२ जना। १३ जना सांसद रहेको माओवादीमा एमाले प्रवेश गरेको धर्मराज रेग्मीलाई कारबाही गरेपछि संख्या १२ मा झरेको हो। सभामुख संग निर्णायक भाेट नहुने हुदा एमालेलाई एक जना अपुग हुनेछ भने माओवादी केन्द्र […]