लुम्बिनी र गण्डकी प्रदेशमा नियुक्त भए नयाँ प्रदेश प्रमुख

हिमशिखर संवाददाता १२ श्रावण २०७८, मंगलवार १८:३३

सरकारले लुम्बिनी र गण्डकी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। अघिल्लाे सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई बर्खास्त गरी नयाँ नियुक्त गरेको हो।

मन्त्रिपरिषद्को मंगलबार अपरान्ह बसेको बैठकले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गर्दै अमिक शेरचन र गण्डकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो।

शेरचन यसअघि गण्डकी प्रदेशप्रमुख भइसकेका माओवादी केन्द्रका नेता हुन् । उनलाई एमाले–माओवादी एकता भंग भएपछि केही महिनाअघि मात्र केपी ओली सरकारले बर्खास्त गरी सीता पौडेललाई नियुक्त गरेकाे थियो ।

Next Post

पूर्वसभामुख महराले पाए उच्च अदालतबाट सफाई

१२ श्रावण २०७८, मंगलवार १८:३३
पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । मंगलबार उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा उनी निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको छ । न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले सफाइ दिएको हो । यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई सफाइ दिने भनी गरेको निर्णयलाई उच्च अदालत पाटनले सदर गरेको हो । उनलाई संघीय […]