६८ जना यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना (भिडियाेसहित)

हिमशिखर संवाददाता १ माघ २०७९, आईतवार १२:०२

काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएको छ।

काठमाडौंबाट ६८ जना यात्रु लिएर उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज आइतबार बिहान दुर्घटना भएको हाे।

जहाजमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार रहेका यति एयरलाइन्सले जनाएकाे छ।

सेती नदीको खोँचमा जहाज दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताल र एम्बुलेन्सलाई उच्च तयारीमा रहन निर्देशन दिएको जनाइएकाे छ।

Next Post

पोखरामा जहाज दुर्घटना: २५ जनाभन्दा बढीकाे शव भेटियाे

१ माघ २०७९, आईतवार १२:०२
पोखरामा भएकाे यति एयरलाइन्सको जहाज दुर्घटनामा २५ जनाभन्दा बढीकाे शव भेटिएको छ। काठमाडौँबाट आइतबार बिहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो। जहाजमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। दुर्घटनामा २५ जना भन्दा बढीकाे शव फेला परेकाे बताइएकाे छ। […]