बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

हिमशिखर संवाददाता २५ भाद्र २०७८, शुक्रबार १२:०४

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शंकरदास बैरागीसहित सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् । सुरक्षा परिषद् बैठकमा सुरक्षा अंगका चारवटै प्रमुख सहभागी छन् ।

Next Post

एमालेकाे अवरोधपछि १५ मिनेटका लागि संसद बैठक स्थगित 

२५ भाद्र २०७८, शुक्रबार १२:०४
प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेका लागि स्थगित गरिएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको आरोप लगाउँदै एमालेका सांसदहरूले संसद बैठक अवरोध गर्दै आएका छन् । शुक्रबारको बैठकमा पनि एमालेका सांसदहरूले रोष्टम अगाडि उभिएर नाराबाजी गरेर अवरोध सृजना गरेपछि सभामुख सापकोटाले १५ […]

सम्बन्धित समाचार