जुम्लामा ग्यास लिक हुँदा एक घरमा आगलागी

महेश चाैलागाँई ६ फाल्गुन २०७९, शनिबार १८:३५

जुम्लामा खाना पकाउने ग्याँसको सिलिन्डर लिक हुँदा एक घरमा आगलागी भएको छ।

चन्दननाथ नगरपालिका –६ बसपार्कस्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानएको छ।

प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार न्यौपानेको तीनतले घरको भूइँतल्लामा आगलागी हुदा ४ वटा कोठा, गल्ली र भर्याङमा क्षति पुगेको छ। सो घरमा भाडामा बसेका नवराज खड्का खाना पकाउदै गर्दा एक्कासी रेगुलेटरमा आगो लागेको हाे। उनका अनुसार लिग भईरहेको आगो निभाउन खोज्दा ग्यास सिलिण्डर ढलेको र अन्य कपडामा आगो फैलिएको थियो।

प्रहरी निरीक्षक जोशीका अनुसार आगो लागेको जानकारी प्राप्त भएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र चन्दननाथ नगरपालिकाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

आगलागी भईरहेको समयमा दोस्रो र तेस्रो तलामा रहेका नागरिकको उद्धार गरिएको छ। घरको भूइँतलामा आगलागी भएपछि दोस्रो र तेस्रो तलामा रहेकी सरस्वती बुढ्थापा, प्रमिला बुढा, कर्मकन्या हमाल, पुजा बुढा र माया लक्ष्मी बुढालाई उद्धार गरिएको हो।

उनीहरुलाई अर्को नयाँ निर्माण भईरहेको घरबाट भर्याङ लगाएर उद्धार गरिएको प्रहरीले जनाएको छ। स्थानीय गोपाल रोकायाका अनुसार अन्तिममा छतमा रहेकी एक जना ज्येष्ठ नागरिक महिलालाई कठिन अवस्थामा उद्दार गरिएको थियो।

उनका अनुसार दमकल समयमै त्यो क्षेत्रमा पुगेपनि वाटो नभएका कारण घर नजिक जान सकेको थिएन। नयौपानेको घरको छेउमा रहेको कालिवहादुर बुढाको घरको ट्यांकीमा रहेको पानीले आगो निभाउन ठूलो सहयोग पुगेको हो।

Next Post

जुम्लाको तिला गाउपालीका वडा नं ६ र ८ को वडा स्तरीय वालभेला कार्यक्रम सम्पन्न

६ फाल्गुन २०७९, शनिबार १८:३५
जुम्लाको तिला गाउपालीका वडा नं ६ र ८ को वडा स्तरीय वालभेला कार्यक्रम सम्पन्न भएको छ वालभेलामा वडा नं ८ र ६का वडा अध्यक्ष र सदस्य हरुको सक्रीय उपस्थितीमा २ दिने वालभेला सम्पन्न भयको हो । बाल भेलामा सोही वडामा धुम्रपानर मध्यपानमा अविभावकको संलग्न रहेकोले समयमा कापी कलम ड्रेस र […]

सम्बन्धित समाचार