कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जुम्लालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्दा ठुलाे उपहार दिने बताएका छन्।
तर उपहार के हुने त्याे भने खुलाएका छैनन्। केहि महिनामै सबै जनताले थाहा पाउने उनले बताए।
https://youtube.com/watch?v=2KdufwS9GdU&feature=share
बुधबार बिहान जुम्लाको रत्नचूडेश्वर माविले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन।
‘केही महिनाभित्र जुम्ली जनतालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्दा ठुलाे उपहार दिनेछु,’ उनले भने, ‘याे मैले संकेत मात्र गरेकाे हुँ। एकै पटक छर्लङ्ग हुनेछ।’
कर्णालीकाे विकासका लागि जस्ताे सुकै मूल्य चुकाउन पनि तयार रहेकाे बताउँदै उनले भने, ‘उक्त उपहारले जुम्ली जनताकाे लाइफ चेन्ज गर्नेछ।’
दाेस्राे पटक संसद निर्वाचित भइसकेपछि जनाताले आफूलाई बारम्बार पहिलो पटक जस्ताे ठुलाे उपलब्धि के गर्नुभयाे भनेर साेधिरहेकाे हुनाले याे पल्ट त्याे भन्दा ठुलाे उपहार दिन लागेकाे उनले थपे।
उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पहलकर्ता हुन। पहिलाे पटक संविधान सभामा निर्वाचित भएपछि उनले व्यक्तिगत रुपमा दर्ता गराएकाे विधेयक संसदबाट पारित भइ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाकाे बाटाे खुलेकाे थियाे।
नेपालकाे संसदीय इतिहासमा व्यक्तिगत रुपमा दर्ता गरेकाे विधेयक दाेस्राे पटक पारित भएपछि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानकाे ऐन बनेकाे थियाे।
उक्त कार्यक्रममा आफू मन्त्री भएपछि जुम्लाका प्रायःजसो गाउँमा विकास निर्माणका आयाेजनाहरुमा सरकारले लगानी गरेकाे उनले बताए।