जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता असार १५ बाट सुरू हुने

महेश चाैलागाँई १२ असार २०७९, आईतवार २१:१२

जुम्लामा यहि असार १५ गते देखि १७ गते सम्म जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जुम्लाका बिभिन्न गाउँपालिकाबाट छनोट भई आईसके पछि असार १५ गते बाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष धनकृष्ण पाण्डेले जानकारी दिए ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भलिबल, एथलेटिक्स ,हाइजम्प, लङजम्प,ज्याब्लीङ् थ्रो, दौड लगायतका खेल समावेश गरीने भएकाे छ । जिल्ल भित्रका सम्पुर्ण नि.मा.बि र माध्यमिक विद्यालयका विद्यार्थीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अध्यक्ष पाण्डेले बताएका छन ।

अहिले पालीका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भईरहेकाछन

Next Post

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता निजगढ जाँदै

१२ असार २०७९, आईतवार २१:१२
सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को शनिबार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन् । ‘काठमाडौंबाट बिहान ९ बजे प्रधानम्त्री शेरबहादुर देउवासहितको शीर्ष नेताहरुको टोली निजगढ भ्रमणमा जाने तयारी छ,’ गठबन्धनका एक नेताले भने । प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका […]

सम्बन्धित समाचार

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।