पाँच वर्ष पहिले चोरी भएका चन्दननाथ मन्दिरका दुई मूर्ति भेटिए, ३जना प्रहरिकाे नियन्त्रणमा ।

हिमशिखर संवाददाता २० आश्विन २०७७, मंगलवार ०६:१८

जुम्ला : चन्दननाथ मन्दिरबाट पाँच वर्ष पहिले चोरी भएका बहुमुल्य मूर्तिहरु मध्ये थप दुई मूर्ति भेटिएका छन् ।
विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र जुम्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार विहान १०ः१५ बजे चन्दननाथ नगरपालिका–१० बोहोरा गाउँस्थित शुसिल विष्टको खेतको आलीमा सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अबस्थामा भेटाएको डिएसपी माधव काफ्लले बताए।

उनका अनुसार दुईथान मुर्तिसंगै उक्त घटनामा संग्लन तीन जना शंकास्पद व्यक्तिलाई समेत पक्राउ गरिएको छ । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–१० निवासी वर्ष ३२ का शुसिल विष्ट, तातोपानी गाउँपालिका–८ घर भई हाल चन्दननाथ नगरपालिका १० मा बस्ने वर्ष २८ का जयलाल थापा र चन्दनना नगरपालिका १० कै वर्ष २३ का सुदिप रावललाई पक्राउ गरिएको छ । जि.प्र.का जुम्लाले जनाएकाे छ।

 

 

Next Post

प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा आज मतदान हुँदै

२० आश्विन २०७७, मंगलवार ०६:१८
बुटवल — प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा मंगलबा प्रदेशसभामा मतदान हुँदैछ । सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल सोमबार सकिएको थियो । सभामुख पूर्णबहादुर घर्तीले छलफल सकिएको १८ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सदस्यका लागि प्रदेशसभा स्थायी […]