तिला नदिकाे अस्थायी पुलबाट चिप्लिएर एक युवा बेपत्ता

महेश चाैलागाँई ३० जेष्ठ २०८०, मंगलवार १०:५५

जुम्लामा एक जना युवा तिला नदिमा बेपत्ता भएका छन्। मंगलबार विहान ६ वजेर ५० मिनेटमा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

जुम्लाको तिला गाउँपालिका-१ मा निर्मित अस्थायी पुल बाट चिप्लिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए। बेपत्ता हुनेमा तिला-६ घोडे गाउँका कर्णबहादुर रोकाया छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया रहेका छन्। तिला-१ रारालिही बजारबाट घर जाने क्रममा उनी चिप्लिएका थिए। चामलको बोरा लिएर तिला नदि तर्ने क्रममा पुलबाट चिप्लिएर बेपत्ता भएका हुन। प्रहरी र स्थानीयले अहिले उनको खोजिकार्य गरिरहेको छ। तिला नदिको धमिलो भएकोले खोज्न समस्या भएको सूचना अधिकारी जोशीले बताए। नाग्म प्रहरीलाई पनि खवर गरिएको छ।

Next Post