महाबैमा भीरबाट लडेर ६५ वर्षीय पुरुषको मृत्यु

हिमशिखर संवाददाता २१ मंसिर २०८२, आईतवार १२:४५

महाबै गाउँपालिकामा आइतबार बिहान भीरबाट लडेर एक पुरुष काे ज्यान गएको छ। महाबै–२ ओदाका ६५ वर्षीय चर्च सिंह ससुराली महाबै–६ गणेशकोटबाट पत्नीसँग घर फर्कँदै गर्दा तल्लो राम्नीमा चिप्लिएर करिब ३०० मिटर तल झरेका थिए। घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख बीरबहादुर सुनारले जानकारी दिए।

प्रहरी टोली र स्थानीयवासीको सहयोगमा सिङको शव भीरबाट निकालिएको प्रहरीले जनाएको छ। महाबैमा चिकित्सक उपलब्ध नरहेकाले पोष्टमार्टमका लागि शव सदरमुकाम खुमालगढी ल्याइएको छ।

Next Post

भिरबाट लडेर नाबालकको मृत्यु, आमा गम्भीर घाइते

२१ मंसिर २०८२, आईतवार १२:४५
जुम्लाको सिंजा गाउँपालिका–२ चुलेलकी २४ वर्षीया उर्जा वड दाउरा काट्ने क्रममा भिरबाट लड्दा साथमा रहेका चार महिनाको नाबालकको मृत्यु भएको थियो। डिएसपी रविन बाबू रेग्मीका अनुसार बुधबार बिहान घरबाट करिब दुई घण्टा टाढा धोराचौर जंगलमा दाउरा काट्ने क्रममा उर्जा वड र उनका छोरा चन्द्रमल वड भिरबाट लडेका थिए। नाबालकको ज्यान […]

सम्बन्धित समाचार