भिरबाट लडेर नाबालकको मृत्यु, आमा गम्भीर घाइते

महेश चाैलागाँई २५ मंसिर २०८२, बिहीबार १४:०७

जुम्लाको सिंजा गाउँपालिका–२ चुलेलकी २४ वर्षीया उर्जा वड दाउरा काट्ने क्रममा भिरबाट लड्दा साथमा रहेका चार महिनाको नाबालकको मृत्यु भएको थियो।

डिएसपी रविन बाबू रेग्मीका अनुसार बुधबार बिहान घरबाट करिब दुई घण्टा टाढा धोराचौर जंगलमा दाउरा काट्ने क्रममा उर्जा वड र उनका छोरा चन्द्रमल वड भिरबाट लडेका थिए।

नाबालकको ज्यान घटनास्थलमै गएको छ भने मृतकको शव परिवारले घरमै ल्याएर राखेको छन।

घटनामा गम्भीर घाइते भएकी आमालाई उनका नाता पर्ने अनुरुपा वडले अन्दाजी १८:०४ बजेको समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगेको प्रहरीले जानकारी दिएको थियो ।

प्रतिष्ठानमा उपचाररत उर्जा वडको अवस्था गम्भीर रहेको ले उनलाई थप उपचारका लागि नेपालगञ्ज तर्फ रिफर गरिएको प्रहरीले जनाएको छ ।

Next Post

अन्तरिम मन्त्रिपरिषद् विस्तार, चार नयाँ मन्त्री आज शपथ

२५ मंसिर २०८२, बिहीबार १४:०७
अन्तरिम मन्त्रिपरिषद् फेरि विस्तार हुँदैछ। प्रधानमन्त्री सुशीला कार्कीले चार जनालाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरएकी छन्। सिफारिस अनुसार- कुमार इङनाम :भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्रसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा, माधव चौलागाईं : वन तथा वातावरण श्रद्धा श्रेष्ठ : महिला, बालबालिका तथा ज्येष्ठ […]