अन्तरिम मन्त्रिपरिषद् विस्तार, चार नयाँ मन्त्री आज शपथ

हिमशिखर संवाददाता २६ मंसिर २०८२, शुक्रबार १२:३४

अन्तरिम मन्त्रिपरिषद् फेरि विस्तार हुँदैछ। प्रधानमन्त्री सुशीला कार्कीले चार जनालाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरएकी छन्।

सिफारिस अनुसार- कुमार इङनाम :भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्रसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा, माधव चौलागाईं : वन तथा वातावरण श्रद्धा श्रेष्ठ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गर्न लागिएको हो।

राष्ट्रपति कार्यालयमा नाम पुगेपछि उनीहरूको शपथ आज दिउँसो ३ बजेका लागि तय गरिएको स्रोतले जनाएको छ। : BL News

Next Post

नेटवर्क खोज्दै डाँडा चढ्ने बाध्यता: हियाँखोलाको पीडामाथि सरकार महोन

२६ मंसिर २०८२, शुक्रबार १२:३४
जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं ६ हियाँखोला अझै टावर विहीन अवस्थामा छ। देशभर 4G/5G चौतारोमा फ्रि वाइफाई मसानघाट मा नेटोको सुविधा को बहस चलिरहेका बेला हियाँखोलाका बासिन्दा आज पनि नेटवर्क खोज्दै डाँडा उक्लनु पर्ने बाध्यतामा छन्। टावर नहुँदा त्यहाँका नागरिक शिक्षा, स्वास्थ्य, सूचना र आपतकालीन सेवाबाट गम्भीर रूपमा वञ्चित […]