कालिकाेट खाँडाचक्र नगरपालिका -६ दाहाका भुपेन्द्र शाहीको अप्रेसन सफल भएकाे छ । उनका ठुलाे बुवाकाे पिटाईबाट घाइते भएका शाहीकाे यहि भाद्र २६ गते देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिरहेकाे थियाे ।
ठुलाे बुवाकाे पिटाइबाट बायाँ हात दुई ठाउँ भाचिएकाे र बायाँ आँखाकाे किनारमा गहिराे गरि खाेपिएकाे थियाे ।
भाद्र ३० गते शाहिकाे हात र आँखा नजिककाे अप्रेसन सफल भएकाे हाे ।
हाल उनकाे अप्रेसन सफल भहेकाे र अवस्था सामान्य रहेकाे प्रतिष्ठानका रेक्टर डा. निरेश थापाले बताए । हाल सम्म उनकाे उपचारकाे सम्पुण खर्च ओसीएमसी नामकाे संस्थाले व्यहाेरेकाे उनका को कुरुवा शसी श्रेष्ठले जानकारी दिईन।
भुपेन्द्र अस्पताल आएदेखि उसलाई उपचारमा कुनै कुराकाे कमी नआएकाे प्रतिष्ठानका हाडजोर्नी विभागका प्रमुख डा. पुजन राेकायाले बताए।
यस्तै भुपेन्द्रकाे उपचारपछि पुनस्र्थापनाकाे तयारी भै रहेको ‘ओसीएमसी की अनिता शाही बताएकी छन ।