भरतमणि पौडेलले जिते कमेडी च्याम्पियन सिजन २ उपाधि

हिमशिखर संवाददाता ३ आश्विन २०७८, आईतवार ००:००

कमेडी च्याम्पियन–२’ को उपाधि भरतमणि पौडेलले जितेका छन्।

फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले सिजन–२ को उपाधि जितेका हुन्। उनले २५ लाख र कार पुरस्कार पाएका छन्।

सिक्किमका विक्की फस्ट रनरअप र गोरखाका सन्तोष थापा भने सेकेन्ड रनरअफ बनेका छन्।

प्रतियोगिताको उपविजेता बनेका विक्कीले टिभिएस अपाचे बाइक र तेस्राे बनेका थापाले टिभिएस स्कुटर पुरस्कार पाएका छन्।

विजेतालाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ट्रफी र पुरस्कार वितरण गरे।

संसरभरका दर्शकको मतदानको आधारमा विजेता चुनिएको थियो।

Next Post

आगामी असाेज ९ गतेबाट जुम्लामा खाेप अभियान , ४२ हजारलाई खाेप लगाइदै

३ आश्विन २०७८, आईतवार ००:००
जुम्लामा ४२ हजार नागरिकलाई काेराेना विरुद्दकाे खाेप लगाइने भएको छ । आगामी असाेज ९ गतेबाट जुम्ला जिल्लाका १८ वर्ष माथिका नागरिकलाई ४१ हजार ६ सय ७६ जनालाई खाेप लगाइने जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएकाे छ । यहि असाेज ९ गतेबाट जुम्लामा शुरु हुने खाेप अभियानमा तालिम प्राप्त स्वास्थ्यकर्मि सहित जुम्लामा ५ […]