जुम्लाका सफल व्यवसायी देउऋषि चौलागाँईसहित तीन उत्कृष्ट करदातालाई सम्मान

महेश चाैलागाँई १ मंसिर २०८२, सोमबार १३:०२

चौधौं राष्ट्रिय कर दिवस २०८२ का अवसरमा जुम्लाका देउऋषि चौलागाँईसहित कालीकोट र मुगुका उत्कृष्ट करदाताहरू सम्मानित भएका छन्। आइतबार आयोजित समारोहमा जिल्ला न्यायाधीश आनन्दराज पन्तले ती तीन करदातालाई सम्मान प्रदान गरेका हुन्।

आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख प्रभात घिमिरेका अनुसार जुम्लाका कैलाश जनरल स्टोरका सञ्चालक देउऋषि चौलागाँई, कालीकोटको हिमालचुली कृषि सहकारी संस्था, र मुगुको रविचक्र/बिफोर जेभी उत्कृष्ट करदाताका रूपमा छनोट भएका हुन्।

उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा जुम्ला, मुगु र कालीकोटका मध्ये आयकर तर्फ सबैभन्दा बढी कर तिर्ने करदातालाई हौसला स्वरूप सम्मान गरिएको हो।

सम्मानित व्यवसायी देउऋषि चौलागाँईले शून्यबाट सुरु गरेको व्यवसायले राज्यको आर्थिक विकासमा योगदान पुर्याउन पाउँदा गर्व लागेको प्रतिक्रिया दिए। उनले राज्यले निजी क्षेत्रको विकासका लागि विशेष प्याकेज र सहज कर नीति ल्याउनुपर्ने सुझाव पनि दिए।

Next Post

राप्ती सोनारी–२ अगैयामा सवारी दुर्घटना, एक जनाको मृत्यु

१ मंसिर २०८२, सोमबार १३:०२
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयामा आज भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। कोहलपुरबाट काठमाडौंतर्फ जाँदै गरेको भे १३ प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको क प्र ११४५ नम्बरको यात्रुबाहक बस अगैया बजारमा एक आपसमा ठोक्किँदा बर्दियाको गुलरिया नगरपालिका–६ बुद्धटोलका ४७ वर्षीय कृष्ण घर्ती क्षेत्रीको मृत्यु […]

सम्बन्धित समाचार