डोल्पामा अज्ञात पुरुषको शव फेला

हिमशिखर संवाददाता १५ भाद्र २०८२, आईतवार ०८:०६

डोल्पा जिल्लाको काइके गाउँपालिका–५ सिमओडारस्थित खोला किनारमा अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काका अनुसार शवको पहिचान खुलेको छैन। शवको अवस्था हेर्दा भिरबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र विस्तृत कारण पत्ता लगाउन पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

खोला किनारमा घोप्टो अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सोही जानकारीपछि इलाका प्रहरी कार्यालय छार्काबाट प्रहरी सहायक निरीक्षक विष्णु चौधरीको नेतृत्वमा आठ जनाको टोली घटनास्थल पुगेको र शव उठाएर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Next Post

तिमी बिना जीवनको रंग

१५ भाद्र २०८२, आईतवार ०८:०६
समयको नदी कति छिटो बग्छ! झन्डै बर्ष पुगिसक्यो, तिमी मेरो जीवनबाट टाढा भएको। तर अनौठो के छ भने, तिम्रो उपस्थितिको अनुभूति अझै पनि वायुमा मिसिएको छ। तिमी वसन्तको गन्ध थियौ, जुन वियोगपछि पनि वायुमा बाँकी छ। हरेक बिहान तिम्रो नामले दिन सुरु हुन्छ, हरेक रात तिम्रो सम्झनाले आँखा भिज्छ। अन्तिम […]

सम्बन्धित समाचार