डोल्पामा अज्ञात पुरुषको शव फेला

हिमशिखर संवाददाता १५ भाद्र २०८२, आईतवार ०८:०६

डोल्पा जिल्लाको काइके गाउँपालिका–५ सिमओडारस्थित खोला किनारमा अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काका अनुसार शवको पहिचान खुलेको छैन। शवको अवस्था हेर्दा भिरबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र विस्तृत कारण पत्ता लगाउन पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

खोला किनारमा घोप्टो अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सोही जानकारीपछि इलाका प्रहरी कार्यालय छार्काबाट प्रहरी सहायक निरीक्षक विष्णु चौधरीको नेतृत्वमा आठ जनाको टोली घटनास्थल पुगेको र शव उठाएर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Next Post

तिमी बिना जीवनको रंग

१५ भाद्र २०८२, आईतवार ०८:०६
समयको नदी कति छिटो बग्छ! झन्डै बर्ष पुगिसक्यो, तिमी मेरो जीवनबाट टाढा भएको। तर अनौठो के छ भने, तिम्रो उपस्थितिको अनुभूति अझै पनि वायुमा मिसिएको छ। तिमी वसन्तको गन्ध थियौ, जुन वियोगपछि पनि वायुमा बाँकी छ। हरेक बिहान तिम्रो नामले दिन सुरु हुन्छ, हरेक रात तिम्रो सम्झनाले आँखा भिज्छ। अन्तिम […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।