जातिय विभेदका घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय जुम्लामा ध्यानर्कषण

महेश चाैलागाँई १४ श्रावण २०८०, आईतवार २२:५५

गत केही समय यता कर्णाली र सुदुरपश्चिम प्रदेशमा श्रृंखलाबद्ध रुपमा घटीरहेका जातिय विभेद तथा छुवाछुतका घटनाहरु बढी रहेका छन् । नेपालको संविधानमा जातका आधारमा हुने कुनै पनि विभेदलाई दण्डनिय मानेपनि मानिसको व्यवहारमा परिवर्तन नभएकै कारणले हाम्रो समाजमा जातिय विभेदका घटना बढी रहेका छन् ।

केहिदिन पहिला जुम्लामा दलित केटाले गैरदलित केटी भगाएकै कारण केटीपक्षले दलित केटाको घर आगोा लगाउनु,बझाङमा ब्राहमण समुदायको नजिक बस्न खोजेको भन्दै बन्दै गरेको घर भत्काउनु,कैलालीमा कथित गैरदलितकी केटीसंग प्रेम गर्दा गाउँबाटै केटाकेटी भागेर भक्तपुर बस्नु र न्यायको याचना गर्नु जस्ता घटना बढी रहेका छन्।
यस्ता घटनाका पिडितलाई सिघ्र न्याय र दोषीलाई दण्ड सजाय दिनुपर्ने जुम्ली यूवाले माग गरेका हुन ।
जुम्ला सहित कर्णाली र सुदुरपश्चिममा हालसालै घटेका जातीय विभेदका घटना प्रति सुक्ष्म अनुसन्धान तथा दोषी उपर कडा कारबाहि गर्न जुम्लाका यूवाले जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार लगायत अन्य निकायलाई ध्यानर्कषण पत्र बुझाएका छन् ।

यूवा धनराज सुनारको अगुवाइमा आज जिल्ला प्रशासन गएको टोलीले जातका आधारमा बढ्दै गरेका जघन्य अपराधलाई परिस्थिती जन्य मानेर फितलो बनाउने, घटनामाथि चरम राजनीति गर्ने विरुद्ध सचेत हुनुपर्ने भन्दै यस्ता घटनामा शिघ्र न्याय सम्पादनको माग गर्दै सरकारको ध्यानर्कषण गराइएको हो ।
यूवा धनराज सुनारले प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरीलेलाई ध्यानर्कषण पत्र हस्तान्तरण गरेका छन् । प्रजिअ घिमिरेले कानुनी रुपमा जघन्य अपराध मानेको जातीय विभेदलाई अन्त्य गर्न सोचसंगै व्यवहारमा परिर्वतन आउनुपर्ने बताउनुभयो । जातीय विभेदका घटनामा संलग्न दोषीमाथि कारबाहि हुनुपर्नेमा जोड दिनुभयो ।

हातहातमा प्लेकार्ट बोकेर जुम्लाका यूवाहरु जातिय विभेद तथा छुवाछुतका घटनाका विरुद्ध सडकमा मौन प्रर्दशन समेत गरेका छन्।

Next Post

जुम्लाको काँचो स्याउ बजारमा धमाधम विक्री,अर्गानिक जिल्लाको पहिचाननै खतरामा

१४ श्रावण २०८०, आईतवार २२:५५
जुम्लाको काचो स्याउ  बजारमा पुगेको पाइएको छ । साउनमै पहिलो सातामै जुम्लाको काँचो स्याउ बजारमा पुगेको हो । नाफा कमाउने दाउमा किसान र व्यापारीको मिलेमतोमा नपाक्दै जुम्लाको काँचो स्याउ कर्णाली प्रदेशको राजधानी सुर्खेत,नेपालगन्ज,वुटवल लगायतका बजारमा पुगेको छ । जुम्लाको स्याउलाई भदौ दोस्रो साता भन्दा अघि टिप्न तथा बाहिरी जिल्लामा पठाउन […]

सम्बन्धित समाचार