जर्मनीको एउटा चर्चमा गोली चल्दा ६ जनाकाे ज्यान गयो : ७ जना घाइते

हिमशिखर सम्वाददाता काठमाण्डौ २६ फाल्गुन २०७९, शुक्रबार ०९:१८

जर्मनीको एउटा चर्चमा गोली चल्दा कम्तीमा ६ जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल लगिएको छ ।

ह्याम्बर्गमा रहेको जेहोभास विटनेस चर्चमा गोली चलेको हो । बन्दुकधारी पनि घटनामा मारिएको हुनसक्ने अनुमान छ । बर्लिनबाट झण्डै २ सय ८९ किलोमिटर उत्तरी जर्मन सहरको ग्रोसबोरस्टेल जिल्लामा गएराति घटना भएको हो ।

घटनास्थलमा सुरक्षाकर्मीको विशेष फौज परिचालन गरिएको छ । त्यहाँका नागरिकलाई तत्काल सकेसम्म घरबाट बाहिर ननिस्कन भनिएको छ । गोली चलाउनुको कारण खुल्न नसकेको प्रहरी प्रवक्ता होल्गर भेरेनलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

Next Post

कर्णाली मुक्ती मोर्चाले मिटर ब्याजविरुद्ध अभियान संचालन गर्ने

२६ फाल्गुन २०७९, शुक्रबार ०९:१८
कर्णाली मुक्ती मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । मोर्चाले मंगलबार पत्रकार सम्मेलन गर्दै फागुन २९ र ३० गतेको भेलाले दुरगामी महत्वका १५ वटा नीतिगत निर्णय गरेको जानकारी दिएको हो ।   कर्णाली मुक्तिमोर्चा नेपालका संयोजक कर्णबहादुर भण्डारी ‘सी’द्वारा हस्ताक्षरित घोषणापत्रमा कर्णाली मुक्तीमोर्चाको लक्षित क्षेत्र कर्णाली राखिएको र […]

सम्बन्धित समाचार

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।