हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना

हिमशिखर संवाददाता ७ बैशाख २०७८, मंगलवार ०६:०८

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ।

श्रेष्ठसहित उनको परिवारका पाँच जनालाई कोरोना संक्रमण देखिएको हो।

कलाकार श्रेष्ठले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलगायत छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्।

फेसबुकमा उनले लेखेका छन्, ‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ।’

श्रेष्ठले कोरोना भाइरसलाई खेलाँची नगर्न पनि आग्रह गरेका छन्। उनले भनेका छन्, ‘कोरोना भइसकेपछि सास्ती हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नु होला। जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला।’

Next Post

पूर्वराजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण

७ बैशाख २०७८, मंगलवार ०६:०८
काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएको केही दिनमै उनीहरु संक्रमित भएका हुन् । शाह निकट स्रोतका अनुसार उनीहरुले भारतबाट फर्किएर आउना साथ आफ्नो कोरोना परीक्षण गराएका थिए । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार शाह दम्पतीको […]