कमल थापा हाेम आइसाेलेशनमा

हिमशिखर संवाददाता ३० आश्विन २०७७, शुक्रबार १७:०३

काठमाडाै‌ं :राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । सामान्य टाउको दुखाइपछि ह्याम्स अस्पतालमा बुधबार गरिएको कोभिड–१९को पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका हुन् ।

कोरोनाको महामारीबाट जोगिन आवश्यक सावधानी र सतर्कता राखे तापनि परीक्षणको नतिजा पोजेटिभ आएको र अहिले स्वास्थ्यावस्था सामान्य रहेको अध्यक्ष थापाले उल्लेख गरे ।

उनी अहिले बूढानीलकण्ठस्थित निवासमै आइसोलेशनमा रहेकाे पार्टी सचिवालय सदस्य राजाराम बर्ताैलाले जानकारी दिए । केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अध्यक्ष थापाले अनुरोधसमेत गरेका छन् ।

Next Post

वीरगन्जमा प्रहरीद्वारा साढे २२ किलो सुन बरामद

३० आश्विन २०७७, शुक्रबार १७:०३
वीरगन्ज महानगरपालिका– ५ स्थित रेशम कोठीको गणेश अपार्टमेन्टमा छापा मारेर प्रहरीले साढे २२ किलोग्राम सुन बरामद गरेको हो । प्रहरीका अनुसार सुन बरामद भएको कोठामा भारतीय नागरिक अशोक सिन्हा बस्दै आएका थिए  । प्रहरीले आज पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । सुनबारे विस्तृत विवरण छिटै सार्वजनिक गर्ने प्रहरीले जनाएकाे छ […]