सिञ्जाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको हुँ : एमाले अध्यक्ष ओली

हिमशिखर संवाददाता १७ चैत्र २०७८, बिहीबार २३:१७

नेकपा एमाले अध्यक्ष के पी सर्मा ओलीले सिँजाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको बताएका छन ।
जुम्लाकाे नराकाेटमा एमाले जुम्लाले आयाेजना गरेकाे बृहत् आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सिँजाकाे विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएकाे बताएकाहुन ।

कार्यक्रममा सहभागीहरू फाेटाे:हिमशिखर अनलाइन 

अध्यक्ष ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको धनी भएकाले याँहाकाे विकासको लागी केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी लिने प्रतिबद्धता जनाउदै अध्यक्ष ओलीले ‘ढुक्क हुनुहोस्, सिँजाले विकास गर्न सक्छ । यसका लागि एकआपसमा हातेमालो गरौँ’, भनेका थिए।

पार्टी प्रवेश गराउदै एमाले अध्यक्ष ओली फाेटाे : हिमशिखर अनलाइन

एमाले सरकारले ल्याएका योजना बर्तमान सरकारले कटौती गरेर जन्तालाई ढाँट्न खोजेकाे बताए। सिँजा उपत्यका एमालेमय हुनुपर्छ । एमाले बलियो र जित्नका लागि होइन । समृद्धिकाे लागि एमाले जित्नै पर्छ । नत्र समृद्ध नेपाल सुखी नेपालीको सपना सफल हुँदैन ।

पार्टी प्रवेश गराउदै एमाले अध्यक्ष ओली फाेटाे : हिमशिखर अनलाइन

कार्यक्रममा अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारको दिनगन्ती सुरु भइसकेको दावी गर्दै अध्यक्ष ओली ले आगामी निर्वाचनमा एमाले एक्लै देसकाे पहिलाे शक्ति हुने बताए ।

Next Post

देउवा र मोदीबीच प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता सुरु

१७ चैत्र २०७८, बिहीबार २३:१७
प्रधानमन्त्री शेर बहादुर देउवा र उनका समकक्षि नरेन्द्र मोदीबीच प्रतिनिधीमण्डल स्तरमा भेटवार्ता सुरु भएको छ । यसअघि देउवा र मोदीबीच करिब ४५ मिनेट एकल भेटवार्ता भएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम वाग्चीका अनुसार प्रधानमन्त्री देउवा र मोदीबीच नेपाल-भारतबीचको साझेदारीमा भइरहेका प्रगति र दुई देशबीचको सहकार्यका एजेन्डालाई अझै सुदृढ […]