भाेली देखि देशभरका शिक्षण संस्था चार दिन बन्द

हिमशिखर संवाददाता १६ चैत्र २०७७, सोमबार १७:२२

काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ ।

विद्यालय बन्द हुने सम्बन्धि मन्त्रालयकाे सुचना

जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुक्खा भएको र, हावाले पानी पार्ने बादलको साटो धूलो र धुवाँ लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका थिए ।

बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । त्यसलगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वास्थ्य प्रतिकूलताका कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताएका हुन् । अब सबै शिक्षण संस्था मंगलबारदेखि शुक्रबारसम्म बन्द हुनेछन् ।

Next Post

किर्डाक नेपालद्वारा काेभिड प्रभावितलाई कृषि सामाग्री वितरण

१६ चैत्र २०७७, सोमबार १७:२२
किर्डाक नेपाल जुम्लाले काेभिड १९ बाट प्रभावित ९९ घरधुरी लाई ब्यबसाय सुधार का लागि कृषि सामाग्री बितरण गरेको छ । आज एक कार्यक्रमका बिच तिला गाउपालिका अध्यक्ष रतन नाथ याेगी र किर्डाक नेपालका जिल्ला संयाेजक रेशम शाहीले संयुक्तरूपमा कृषि सामाग्री हस्तान्तरण गरेकाे किर्डक नेपालका फिल्ड प्राेग्राम म्यानेजर भेष बहादुर रावलले […]