धनगढीमा रहेका नेकपाको जिल्ला र प्रदेश कार्यालय दाहाल-नेपाल समूहकाे नियन्त्रणमा

हिमशिखर संवाददाता ७ पुष २०७७, मंगलवार १८:१४

धनगढी:धनगढीमा रहेका नेकपाको जिल्ला र प्रदेश कार्यालय दाहाल-नेपाल समूहका नेता, कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । मंगलबार दिउँसो उनीहरुले दुवै कार्यालय नियन्त्रणमा लिएर बेग्लै ताला लगाएका हुन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह र अर्का अध्यक्ष केपी शर्मा ओलीले बेग्लाबेग्लै केन्द्रीय कमिटी बैठक राखेसँगै जिल्ला स्तरमा बिबाद पुगेकाे हाे

कैलालीमा जिल्ला अध्यक्ष र प्रदेश अध्यक्षमा प्रधानमन्त्री केपी ओली निकट नेताहरु  छन् । जिल्ला अध्यक्ष रतन थापा र प्रदेश अध्यक्ष कर्ण थापा भएकाले ती पार्टी कार्यालयहरु उनीहरुकै निगरानीमा थिए ।

‘हामीले कैलाली जिल्ला कार्यालय र प्रदेश कार्यालय आफ्नो नियन्त्रणमा लिएका छौं,’ नेकपाको कैलाली जिल्ला कमिटी सदस्य दीर्घ जोशीले भने । कैलालीको जिल्ला कार्यालय आफ्नै भवनमा थियो भने प्रदेश कार्यालय भाडाको भवनमा छ ।

Next Post

काठमाडौँ महानगरपालिका र जुम्लाकाे चन्दननाथ नगरपालिका विच भागिनी सम्बन्ध

७ पुष २०७७, मंगलवार १८:१४
जुम्ला :  चन्दननाथ नगरापलिका जुम्ला  र काठमाडौँ महानगरपालिकाले एक आपसमा भगिनी  सम्बन्ध स्थापना गरेका छन् । काठमाडौँ महानगरपालिका  प्रमुख विद्यासुन्दर शाक्य र चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर गरी भगिनी स्थापना गरेका हुन् समझदारीपत्रमा हस्ताक्षर गर्दै महानगर प्रमुख शाक्यले दुई नगर क्षेत्रभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय, […]