जुम्लाकाे सिंजामा एकै परिवारका ५ जना बेहोस

महेश चाैलागाँई ५ असार २०८२, बिहीबार ११:२१

जुम्लाको सिंजा गाउँपालिका -६ काँडा गाउँमा एकै घरमा पाँच जना परिवार बेहोस भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार राति खाना खाइसकेपछि उनीहरू बेहोस भएका थिए।

बेहोस हुनेमा सोहि गाउँका तिर्थ बुढाकाे परिवार रहेको छ। तिर्थकी ३२ वर्षीया श्रीमती नैनकली बुढा, छोरीहरू, १२ वर्षकी छोरी प्रतिक्षा बुढा, वर्ष १० की प्रतिमा बुढा, वर्ष ५ की प्रकृति बुढा र दुई वर्षका छाेरा युगान्त बुढा एकै साथ बेहोस भएका हुन्।

आफू सदरमुकाम खलंगा बजार काम विशेषले गएको र बेलुकाकाे खाना दही र गहुँको राेटी खाएपछि एकासी आँखा पाेल्ने, पेट पाेल्ने र आन्द्रा बटारिने लक्षण देखा पर्दा सबै परिवार बेहोस भएको तिर्थले बताए।

तिर्थका अनुसार राति १२ बजे एम्बुलेन्सबाट सिंजादेखि जुम्लाको प्रतिष्ठानमा ल्याइएको थियो। अहिले उपचार भइरहेको र क्रमिक रूपमा सुधार भइरहेको छ।

तिर्थले भने, ‘बाेल्न सक्ने र आँखा हेर्न सक्ने भइरहेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बेहोस हुनुको कारणबारे थाहा भएको छैन। अनुसन्धान भइरहेको छ।’

Next Post

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबिच युद्धविरामको घोषणा

५ असार २०८२, बिहीबार ११:२१
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबिचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम केही घण्टाभित्र लागू हुने बताउनुभएको हो । प्रारम्भमा इरानले युद्धविराम सुरु गर्नेछ भने त्यसको १२ घण्टापछि इजरायलले पनि त्यसमा सहभागी हुने जनाइएको छ […]