नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

हिमशिखर सम्वाददाता काठमाण्डौ २७ कार्तिक २०८०, सोमबार १३:४५

 नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन ।

‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’

Next Post

लेकाली युवा क्लब काे फराकिलो जित ।

२७ कार्तिक २०८०, सोमबार १३:४५
लेकाली युवा क्लब ले खेलाएकाे जारी अमृत स्मृति पुरुष फुटबल प्रतियाेगिता काे चैथाे दिन काे तेस्रो खेलमा लेकाली युवा क्लब ले सरस्वती युवा क्लब लाई पछि पार्दै  फराकिलो जित हात पारेकाे छ । सेमी क्वाटर फाईनल काे खेलमा चार गाेल ले गाेल ले फराकिलाे जित हात पारेकाे छ ।