संसद विगठनकाे विरोधमा अनेरास्ववियुकाे जुम्लामा राँके जुलुस(भिडियो सहित )

प्रहरीकाे अवरोध पछि जनता समाजबादी पार्टीको राँके जुलुस स्थगित

रबि नेपाली ११ पुष २०७७, शनिबार २२:३८

जुम्ला: नेकपा प्रचण्ड–नेपाल समुह निकटकाे विद्यार्थी संगठन अनेरास्ववियूले   संसद विघटनको विरोधमा जुम्ला बजारमा राँके जुलुस निकालेकाे छ । सनिबार साझ जुम्ला बजारमा अनेरास्ववियुले निकालेकाे राके जुलुसमा प्रहरीले नियन्त्रण गर्न खाेज्दा पनि उनिहरूले प्रदर्शन गर्न सफल भएकाथिए ।

अनेरास्ववियुका केन्द्रीय सदस्य रमेस शाहीले संसद बिगठनकाे बिराेधमा राँके जुलुस निकालेकाे र आफुहरूले आन्दोलनलाई निरन्तरता दिन जानकारी दिएकाछन ।

जुलुसको भिडियो

यस्तै सनिबार साझ जनता समाजवादी पार्टीको राँके जुलुस सुरक्षाकर्मीको घेरावन्दीले प्रभावित भएको छ ।संसद विघटन विरुद्ध जसपा जुम्लाले  राँके जुलुस गर्ने तयारी गरिरहेकै समयमा  सुरक्षाकर्मीले थाहाँ पाएछी जसपाकाे कार्यक्रम अन्तिम समयमा स्थगित भएकाे हाे  ।

जसपा जुम्लाकाे राँके जुलुस शुरू हुने स्थानमा तैनाथ सुरक्षाकर्मीहरू

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य विरबहादुर शाहीले संसद विघटन विरुद्ध तयारी गरिएको राँके जुलुस प्रहरी, सशस्त्र प्रहरीले अवरोध पु¥याएरपछि आन्दोलन प्रभावित भएको हो जानकारी गराएकाछन ।

जसपा जुम्लाको राँके जुलुस सुरू हुन स्थान मा तैनाथ सुरक्षाकर्मीहरू

हिमिशखर अनलाइन संग कुरा गर्दै केन्द्रीय सदस्य शाहीले
शान्तिपूर्ण तयारीकाले सभा सम्मेलन, विरोध प्रदर्शन पाउने पर्ने  अधिकारमाथी हो  सरकारी पक्षबाट हस्तक्षप भएको बताए

Next Post

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

११ पुष २०७७, शनिबार २२:३८
मोरङ: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । आइतबार बिहान नेकपा प्रचण्ड–नेपाल समूहका  सांसदहरूले मुख्यमन्त्री पदबाट र संसदीय दलको नेताबाट राईलाई हटाउने प्रस्ताव दर्ता गराएका हुन् । साथै प्रस्तावमा राईलाई हटाएर मुख्यमन्त्री र संसदीय दलको नेतामा भीम आचार्यलाई प्रस्ताव  गरेका छन् । प्रचण्ड–नेपाल […]