कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनमा तालाबन्दी

माग पूरा नभएमा ससक्त आन्दाेलन चर्काउने चेतावनी

हिमशिखर संवाददाता २८ आश्विन २०७७, बुधबार २०:४१

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानको शैक्षिक प्रशासन र केन्द्रीय प्रशासनमा तालाबन्दी गरिएको छ। मंगलबार प्रतिस्ठानका उपकुलपती राजेन्द्र राज वाग्लेले आफूखुशी जनस्वास्थ्य संकाएमा डिन नियूक्ती गरेको भन्दै प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले उक्त निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएको थियो।

२४ घण्टा सम्म पनि मागको सुनुवाई नभएको भन्दै समाजले प्रतिस्ठानको केन्द्रिय प्रसाशन र शैक्षिक प्रसासन मा आज तालावन्दी गरेको हो।
अनियमित तवरले नियूक्ति गरिएकाे डिन लगाएतका सम्पुर्ण फजुल नियूक्ति वदर गर्ने , समाजले यश अघि राखेका सम्पुर्ण माग पूरा गर्ने र काेराेनाकाे समयमा खटिएका सम्पुर्ण स्वास्थ्यकर्मी , चिकित्सक र कर्मचारीहरू लाई जाेखिम भत्ता उपलब्ध गराउने तीन सुत्रिय माग राखि तालाबन्दी गरिएकाे समाजले जारी गरेकाे कार्यक्रममा राखेको प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले जनाएकाे छ ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनमा तालाबन्दी

समाजले तालाबन्दी गर्नुअघाडी निकालेकाे सुचना

हिमशिखर अनलाइन संग कुरा गर्दै समाजका अध्यक्ष रामकान्त उपाध्यले अटेरी गरेर आफ्ना मागकाे सुनुवाइ नभए प्रतिष्ठानको इमर्जेन्सी बाहेक सम्पुण सेवा ठप्प गर्ने र अझै ससक्त रूपमा आन्दोलन चर्काउने बताए

Next Post

युगान्त, मुसा मानुष’ र ‘विमुक्ति’ तीन पुस्तक बजारमा

२८ आश्विन २०७७, बुधबार २०:४१
काठमाडौँ: पुस्तक प्रकाशक बुकहिलले एकसाथ तीनवटा अनुदित किताब बजारमा ल्याएको छ । प्रकाशनले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार ‘युगान्त’, ‘मुसा मानुष’ र ‘विमुक्ति’ तीन पुस्तक सोमबार बजारमा आएका छन । भारतीय लेखक मानवशास्त्री इरावती कर्वेको महाभारतमाथिको ओलाचनात्मक विश्लेषण ‘युगान्त महाभारतको महामृत्यु’ सुजित मैनालीले नेपालीमा अनुवाद गरेका हुन् । यो पुस्तकले १९६७ […]