कर्णाली दिगो बिकास प्रतिष्ठान कास्डा जुम्ला द्वारा झण्डै २ हजार बिपन्नहरु लाई खाद्यन्न बितरण

हिमशिखर संवाददाता १९ भाद्र २०७७, शुक्रबार १२:१६

जुम्ला जिल्लाका ४ गाउँपालिका र १ नगरपालिका सहित ५ वटा स्थानिय तहका  ९सय ४४बिपन्न लाई खाद्यन्न बितरण गरिएको छ ।  कर्णाली दिगो बिकास प्रतिष्ठान कास्डा   जुम्ला र वल्डभिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा खाद्यन्न बितरण गरिएको हो ।लकडाउनले रोजगारी गुमाएका  र न्यून आय स्रोत भएका  बिपन्न नागरिकलाई  राहत  स्वरुप खाद्यन्न बितरण गरिएको छ। वितरण गरेको खाद्यान्नमा प्रति ब्यक्ति ३० केजी चामाल, ३ के।जी दाल ५ पोका तेल, २ पोका नुन,

खाद्यान्न लिदै लाभग्रही

२केजी चिनि र ४ वटा साबुन रहेकोछ ।
विभिन्न मापदण्ड हरु को अधिनमा रही सम्बन्धित गाउपालिका र वडाका प्रतिनिधि हरु संगको समन्वयमा लाभग्रही छनोट गरेको कर्णाली दिगो बिकास प्रतिष्ठान कास्डा  जुम्लाका कार्यक्रम संयोजक भेष बहादुर रावलल जानकारी गरेका छन । उनका अनुसार र तिलागाउँपालिकाका ३ सय ७४  , तातोपानी गाउपालिकाका १ सय ६, चन्दननाथ नगरपालिका का २ सय १० , गुठिचौर गाउपालिका का ९० र पातारासी गाउपालिका का १६४ जना गरि जम्मा ९४४  जना लाई  खाद्यन्न बितराण गरिएको छ । यस अघि पनि पहिलो चरणमा १०२५ जना लाइ राहात बितरण गरिएको र हाल सम्म जम्मा १९६६ जना लाइ  राहत बितरण गरिएको हो । राहात लिनेहरुका अनुसार अहिले सम्मको सबै भन्दा धेरै मात्रमा राहात पाएको स्थानियले बताएका छन । राहत वितरण कै क्रममा राहात लिन आइपुगेका स्थानीय हरु को अनुहारमा खुसि देखेर सारै खुसि लागेको कुरा एक स्थानिय प्रतिनिधिले बताउनु भएको थिए ।

Next Post

चितवनमा भोकालाई निःशुल्क खाना

१९ भाद्र २०७७, शुक्रबार १२:१६
नारायणी नदीकिनारमा पानीपुरी र आइसक्रिम बेच्दै आएका बाराका गोलु यादव लकडाउनले व्यवसाय ठप्प भएपछि अहिले के खाने भन्ने चिन्तामा छन् । पानीपुरी र आइसक्रिम बिक्न छाडेपछि त्यही ठेलामा उनले तरकारी पनि बेचे । निषेधाज्ञा थपिँदै गयो, जोखिम बढ्दै गयो, टाढाटाढाबाट तरकारी ल्याएर बिक्री गर्न सम्भव नभएपछि अहिले उनी नारायणी नदीकिनारमै […]

सम्बन्धित समाचार