एमालेले जारी गर्‍यो अध्यक्ष ओलीलाई मत दिनैपर्ने ३० कारण

महेश चाैलागाँई २ फाल्गुन २०८२, शनिबार १६:२८

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली लाई मतदान गर्नुपर्ने ३० वटा कारण सार्वजनिक गरेको छ। पार्टीको झापा नं. ५ क्षेत्रीय कमिटीले ‘केपी शर्मा ओलीलाई नै भोट किन?’ शीर्षकमा अपिल जारी गर्दै राष्ट्रिय स्वाधीनता, विकास र स्थायित्वका विविध एजेण्डा समेटेको हो।

अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षा, संविधानको कार्यान्वयन, राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्न ओलीको नेतृत्व आवश्यक रहेको उल्लेख गरिएको छ। देशमा खस्किएको मनोबल उकास्न तथा त्रासरहित वातावरण निर्माण गरी सबै नेपालीलाई शान्ति–सुरक्षाको प्रत्याभूति दिन पनि ओलीलाई मत दिनुपर्ने भनिएको छ।

झापा–५ मा सुरु भएका अधुरा विकास योजनाहरू सम्पन्न गर्न, पूर्वाधार विस्तारलाई तीव्रता दिन तथा दीर्घकालीन योजनालाई निरन्तरता दिन ओलीलाई विजयी गराउन मतदातासमक्ष अपिल गरिएको छ। एमालेले नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराई सीपमूलक जनशक्ति तयार पार्ने, स्वरोजगारका अवसर विस्तार गर्ने तथा वैदेशिक रोजगारीमा जाने बाध्यता घटाउने प्रतिबद्धता व्यक्त गरेको छ।

त्यसैगरी सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानीमैत्री वातावरण सिर्जना गर्ने, उद्योग र कृषिक्षेत्रलाई आधुनिकीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य पनि अपिलमा समेटिएको छ।

निर्माणाधीन Asian Highway, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्ग जस्ता राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न पनि ओलीको जित आवश्यक रहेको एमालेको दाबी छ।

एमाले झापा–५ क्षेत्रीय कमिटीले विकास, स्थायित्व र समृद्धिको एजेण्डालाई अगाडि बढाउन अध्यक्ष ओलीलाई विजयी गराउन सबै मतदातासँग आग्रह गरेको

Next Post

जनयुद्ध दिवसमा रञ्जितको प्रतिबद्धता: “सुर्खेत–१ को विकास हाम्रो साझा जिम्मेवारी”

२ फाल्गुन २०८२, शनिबार १६:२८
सुर्खेत, १ फागुन २०८२। नेकपा नेता तथा प्रतिनिधिसभा उम्मेदवार जित बहादुर राना (रञ्जित) ले ३१औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका रञ्जितले जनयुद्ध र जनआन्दोलनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। […]

सम्बन्धित समाचार