कांग्रेस सभापति पदकाे पुन: मतदान सम्पन्न, मत गणनाकाे तयारी हुदै

महेश चाैलागाँई २८ मंसिर २०७८, मंगलवार २२:४७

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि आज भएको पुनस् मतदान सम्पन्न भएको छ । दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको हो ।

मत गणना अवकाे  केही बेरमा सुरु हुने  निर्वाचन समितिले जनाएकाे छ । सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको मतदान भएको हो ।

सोमबारको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

Next Post

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित

२८ मंसिर २०७८, मंगलवार २२:४७
प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुन भारी मतले निर्वाचित भएका छन्।देउवाले २७३३ मत पाएका छन् भने केन्द्रीय सदस्य डा. शेखर काेइरालाले १८५५ मत ल्याएका छन्। मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा पुन कांग्रेसको सभापति निर्वािचत भएका हुन्।कांग्रेसको निर्वाचन समितिका अनुसार दोस्रो चरणको निर्वाचनमा ४ […]

सम्बन्धित समाचार