राप्रपाबाट उप्रप्रधानमन्त्रीमा लिङ्देन सहित मन्त्रीहरुमा धवल शमशेर र ज्ञानेन्द्रकाे चर्चा

हिमशिखर संवाददाता ३ माघ २०७९, मंगलवार ००:०१

राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधानमन्त्री सहित मन्त्रालय पाएपछि सरकारमा सहभागी हुने भएको छ।

सोमबार राति अबेर सकिएको सत्ता गठबन्धनको बैठकले राप्रपालाई तीन मन्त्रालय दिने सहमति जुटाएको राप्रपाका एक नेताले  हिमशिखर अनलाइनलाई जानकारी दिए।

उनका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारीमा सहभागी हुने तय भएको छ।

बाँकी दुई मन्त्रालयमा कसलाई पठाउने भन्ने निर्णय नभए पनि सहरी विकासमा धवल शमशेर राणा र युवा तथा खेलकुद मन्त्रीमा ज्ञानेन्द्र शाहीकाे नाम चर्चामा आइरहेकाे छ।

राप्रपाका भागमा ऊर्जा, जलस्रोत तथा सिंचाई, सहरी विकास र युवा तथा खेलकुद मन्त्रालय परेको छ। राप्रपाले यसअघि ऊर्जाका अलवा संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा दाबी गरेको थियाे।

राप्रपा सरकारमा सहभागी भएसँगै सरकारका उपप्रधानमन्त्रीको संख्या ४ पुगेकाे छ। यसअघि सरकारमा एमाले, माओवादी र रास्वपाबाट एक/एक जना उपप्रधानमन्त्री छन्।

Next Post

जातीय विभेद अन्त्यका लागि अन्तरजातीय विवाहलाई प्राेत्साहन गर्ने मेयर भाम

३ माघ २०७९, मंगलवार ००:०१
मुगुकाे रारा छायाँनाथ नगरपालिकाका मेयर विष्णु कुमार भाम कर्णालीका पालिका प्रमुखहरुमा कम उमेरका हुनाले चर्चित छन्। सामाजिक, सांस्कृतिक पक्षलाई मध्यनजर गरि देउताकाे घण्टा साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खाएका उनले सुरुमै लाेकप्रियता हासिल गरेका थिए। चर्चाका लागि मात्रै काम नगर्ने भाम बाेलीलाई व्यवहारमा उतार्नु पनि उत्तिकै तत्पर देखिन्छन्। जातीय विभेद […]