जुम्लामा नेकपा एकीकृत समाजवादी एमालेमा समायोजन हुँदै

हिमशिखर संवाददाता २१ कार्तिक २०७९, सोमबार १३:२६

माधव कुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्ष सहितकाे टाेली एमालेमा समायोजन हुन लागेकाे छ।

एमाले पार्टी स्राेतका अनुसार जुम्लाकाे नेकपा एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष दुबै जनाले संयुक्त विज्ञप्ति निकालेर दुबै पार्टी एक भएकाे घाेषणा हुनेछ।

एकीकृत समाजवादी जुम्लाका अध्यक्ष आदि प्रसाद न्याैपानेले दुई पार्टीका जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर पार्टी समायोजनकाे घाेषणा गरिने बताए।

‘आजै(साेमवार) हामीले घाेषणा गर्दैछाैं,’ उनले भने, ‘पत्रकार सम्मेलन मार्फत धेरै कुराकाे जानकारी दिइनेछ।’

पछिल्लो समय निर्वाचित जनप्रतिनिधि बाहेक अधिकांश नेता कार्यकर्ता एमाले फर्किन लागेकाे एक नेताले बिएल नेपाली सेवालाई जानकारी दिए।

नेकपा एमालेबाट विद्राेह गरेर माधवकुमार नेपालकाे नेतृत्वमा पार्टी विभाजन भएपछि एकीकृत समाजवादीकाे सबैभन्दा धेरै प्रभाव जुम्ला जिल्लामा परेकाे थियाे।

पछिल्लो समय समाजवादीकाे उच्च तहकाे नेतृत्वमा रहेका नेता कार्यकर्ताले विद्राेहकाे ओैचित्यतामाथि प्रश्न उठाएर पार्टी एकताकाे बहस चलाएपछि बहुमत कार्यकर्ता एमालेमा फर्किन राजी भएकाे बताइएकाे छ।

पार्टी एकतापछि जुम्लामा एमाले बलियाे हुने धेरैले आंकलन गरेका छन्। एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार रतननाथ याेगी रहेका छन् भने प्रदेश (क) मा धिरेन्द्रराज गिरी र प्रदेश (ख) मा टेकराज पछाई उम्मेदवार बनेका छन्।

Next Post

मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

२१ कार्तिक २०७९, सोमबार १३:२६
मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुबाहक जीप दुर्घटना भएको हो। मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन्। दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा […]

सम्बन्धित समाचार