नेकपा जुम्ला जिल्ला इन्चार्ज एंव निवर्तमान सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री केपी सर्मा ओली लाइ हरियाे घाँस भित्र लुकेकाे हरियाे सर्पकाे संज्ञा दिएका छन ।
संसद विगठनकाे विरोधमा जुम्ला बजारमा भएकाे विराेध कार्यक्रममा संसद महतले हिजाे हामिले केपिओली लाई नचिनेर भुल गरेकै कारण आज ओली लेसंविधानमाथि कु गरेकाे बताएका छन ।
संसद महतले प्रधानमन्त्री राष्ट्रवादी नभएर भारतिय गुप्तचर संस्था र का एजेन्ट भएकाे गाेएलकाे नेपाल भ्रमणबाट प्रस्ट भएकाे बताएकाछन ।
फरक प्रसंगमा संसद महतले संसद विगठनकाे मुद्दा सर्वोच्च अदालतमा पुगेकाेले अदालतले संविधानकाे रक्षा गर्ने धारणा ब्याक्त गरेकाछन ।
अहिले अदालत केपी शर्माओली बाट प्रभावित हुनेछ भन्दै केही गलत ब्याक्ती हरूले भ्रम सृजना गरिरहेकाछन । तर सबै न्यायाधीशहरूले विवक गुमाउदैनन । केरी राम्रा मान्छे पनि न्यायलयमा भएकाेले संसद पुनस्र्थापना हुदैन भनेर निरास भैहाल्ने अवस्था नरहेकाे संसद महत बतए
अहिले देशमा कुनैपनि हालतमा निर्वाचन नहुने भन्दै नेकपा, कांग्रेस, जसपा सहित सवै मिलेर संविधान जोगाउनुपर्ने संसद महतले बताए ।
नेकपा प्रदेश कमिटि सदस्य नवराज न्यौपानेले प्रधानमन्त्रीले हिटलरी शैली अपानाउदा राम्रो नभएको बताउदै, हिटलरले मर्नेवेलमा चिहान नपाएको भन्दै प्रधानमन्त्री अाेलीलाइ स्मरण गराएकाछन ।
नेकपा जिल्ला अध्यक्ष विरबहादर कुँवरले ओलीले संविधानमाथीको बलात्कार गरेको आरोप लगाउदै हामिले राजालाई गलत्याएर त हटायौ एक ओली हटाउन केहीपनि नभएको जोड दिएका छन् ।
सचिव तिर्थ बुढाले बहुमत जनतालाई लात हानेर संविधान माथी प्रहार गर्नु राम्रो नभएकाले सडकबाटै संविधानको रक्षा गर्न आन्दोलन गरिएको बताएका छन् ।
संविधान विघटनका विरुद्धमा नेकपा प्रचण्ड–माधव नेपाल पक्षले आज देशभर प्रदर्शन गर्ने पूर्वनिर्धिारित कार्यक्रम अनुसार जुम्लामा पनि प्रदशन गरिएकाे थियो ।
जुम्लामा पार्टी कार्यालय करेसावारीबाट शुरु भएकाे जुलुश बजार परिक्रमण गरि कृष्ण मन्दिरमा पुगेर बृहत शक्ति प्रदर्शन गरेको पार्टी अध्यक्ष विरबहादर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार करेसावारी टुडिखेल हुदै मुख्य बजारमा रयाली सहित वालमन्दिरमा कोणसभा आयोजना गरिएको थियो ।