गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना हुँदा ३ जना नेपालीकाे मृत्यु

हिमशिखर संवाददाता २५ पुष २०७९, सोमबार ११:५९

भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउ नजिकै दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीकाका अनुसार पुस २३ गते राति दुर्घटना हुँदा भारतीय बस चालकसहित ४ जनाको मृत्यु भएको हो।

दुर्घटना कैलाली टीकापुर नगरपालिका- १ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको मृत्यु भएको पुष्टि भएको छ।

दुर्घटनामा परेर अन्य १७ जना घाइते भएका छन्।

बस दुर्घटनाको कारण खुलेको छैन।

Next Post

सिङ्गै संसद् विश्वासको मतमा उभिन्छ : प्रधानमन्त्री प्रचण्ड

२५ पुष २०७९, सोमबार ११:५९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिङ्गै ‘हाउस’ विश्वासको मतमा उभिन्छ भन्ने मेरो विश्वास छ।’ प्रतिनिधिसभाको पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा सबै पार्टी र […]