हर्क साम्पाङले माफी मागे

हिमशिखर संवाददाता ३ पुष २०७९, आईतवार २०:०१

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो फेसबुक पोष्टमा प्रयोग भएको शब्दले दलित समुदायलाई नराम्रो पर्न गएकाेप्रति माफी मागेका छन्।

उनले आफूले प्रयाेग गरेकाे ‘चमारे’ शब्दले दलित समुदायमा असर पुगेकाेमा दु:ख व्यक्त गर्दै माफी मागेका हुन्।

‘मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुखी बनाएको रहेछ,’ उनले एक विज्ञप्ति निकालेर भनेका छन्, ‘त्यसका लागि क्षमाप्राथी छु।’

उनले कसैलाई ठेस पुर्‍याउन नियतवश सो स्टाटस नलेखेको पनि स्पष्ट पारेका छन्।

मेयर साम्पाङले मंसिर २७ गते आफ्नो फेसबुक वालमा ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति दिएका थिए। उनले साे शब्द प्रयाेग गरेर दलित समुदायलाई अपमान गरेकाे भन्दै राष्ट्रिय दलित आयाेगले आपत्ति जनाएरकाे थियाे। आयाेगले उनलाई कानुनी कारबाहीकाे सिफारिस गर्दै आइतबार गृह मन्त्रालयमा पत्र पठायाे।

Next Post

एम्बाप्पेले पारे स्तव्ध, ७ गोलसहित गोल्डेन बुट नजिक

३ पुष २०७९, आईतवार २०:०१
एम्बाप्पे ७ गोलसहित गोल्डेन बुट नजिक पुगेका छन्। उनले अर्जेन्टिनालाई स्तव्ध पार्दै फ्रान्सलाई खेलमा मात्र फर्काएनन्, मेस्सीको हातबाट गोल्डेन बुटलाई पनि खोसे ।